राजस्व बढाउन हरित कर, कुनमा कति ? « Khabarhub

राजस्व बढाउन हरित कर, कुनमा कति ?


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । सरकारले आगामी आर्थिक विधेयक, २०८३ मार्फत हरित करसम्बन्धी व्यवस्थामा महत्वपूर्ण संशोधन गरेको छ ।

सरकारले बजेटमार्फत ३६० वटा वस्तुमा लाग्दै आएको अन्तःशूल्क खारेज गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुरजस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको हो । छरिएर रहेका करका शीर्षकहरुलाई एकीकृत गरी राजस्व बढाउने उद्देश्यले हरित कर शीर्षकमा बढाइएको हो ।

आर्थिक विधेयकअनुसार हरित कर पेट्रोलमा साबिकको प्रतिलिटर रु १ बाट बढाएर प्रतिलिटर रु १५ बनाइएको छ । यसमा सडक मर्मत दस्तुर, पूर्वाधार विकास करलगायतका करहरु समायोजन गरी हरित करमा राखिएको छ । त्यस्तै, हाइ स्पीड डिजेल प्रतिलिटर रु १ बाट बढाएर रु १३ पु-याइएको छ ।

विद्युत् सञ्चित गर्ने खालको इलेक्ट्रिक एकुमुलेटर, तिनका विभाजक सपोटर, पावर बैंक जस्ता वस्तुमा १५ प्रतिशत हरित कर लगाइएको छ । त्यस्तै, भ्याकुम क्लिनर तथा त्यसका पाटपूर्जामा ५ प्रतिशत हरित कर लगाइएको छ । स्पार्किङ प्लग, डिस्ट्रिब्युटर, स्टार्टर जेनेरेटर तथा अन्य जेनेरेटरहरुमा पनि ५ प्रतिशत हरित कर लगाइएको छ ।

स्मार्ट फोन, सेलुलर सञ्जालहरु वा अन्य तारबिहीन सञ्जालका लागि प्रयोग हुने टेलिफोनहरुमा ५ प्रतिशत हरित कर लगाइएको छ । त्यस्तै, स्मार्ट घडीमा १५ प्रतिशत र नेटवर्किङ स्वीच, राउटरलगायत वस्तुमा ५ प्रतिशत हरित कर लगाइएको छ ।

माइक्रोफोन तथा त्यसका स्टान्डहरुमा १५ प्रतिशत, लाउड स्पिकर, हेडफोन तथा एअरफोनमा १० प्रतिशत, सिमकार्ड, मेमोरी कार्ड, स्मार्ट कार्ड, प्रोजेक्टरलगायतका वस्तुमा पनि १० प्रतिशत हरित कर लगाइएको छ । सङ्ग्रहण उपकरण समाविष्ट भएका ट्रान्समिसन उपकरणहरु, टेलिभिजन क्यामेरा, डिजिटल क्यामेरा, भिडियो क्यामेरा रेकर्डर, सिसीटिभी क्यामेरा जस्ता वस्तुमा ५ प्रतिशत हरित कर लगाइएको छ ।

एक हजार भोल्ट ननाघ्ने भोल्टेजका लागि विद्यतीय सर्किटहरुलाई स्वीच गर्न वा संरक्षण गर्नका लागि वा विद्युतीय सर्किटहरुमा सम्पर्क बनाउनका लागि प्रयोग हुने विद्युतीय उपकरणहरु जस्तै, स्वीच, रिले, फ्युज, सर्च सप्रेसर, प्लग, सकेट, ल्याम्प होल्डर, अन्य कनेक्टरहरु तथा अप्टिकल फाइबरमा १५ प्रतिशत हरित कर लगाइएको छ । साथै इलेक्ट्रोनिक चुरोटहरु, भेपमा ६० प्रतिशत हरित कर लगाइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ९ : ३३ बजे

शिक्षा र स्वास्थ्यको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्‍मा पुग्यो

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको ३

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

कर्णाली– आमनेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन् ।

दोहोरो अंकले घट्यो नप्से परिसूचक

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो

मधेश पुगेर प्रचण्डले भने- कम्युनिस्ट बलियो नभए देश ठूलो दुर्घटनामा पर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउसोको सेवा बन्द हुने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसका अवसरमा साउन