स्वीडेन र भारतबीच रणनीतिक साझेदारी : आगामी पाँच वर्षमा व्यापार दोब्बर बनाउने लक्ष्य « Khabarhub

स्वीडेन र भारतबीच रणनीतिक साझेदारी : आगामी पाँच वर्षमा व्यापार दोब्बर बनाउने लक्ष्य


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वीडेन र भारतबीच आगामी पाँच वर्षभित्र आपसी व्यापार र लगानीलाई दोब्बर बनाउने उद्देश्यका साथ रणनीतिक साझेदारी सम्झौता भएको छ । स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि यसको घोषणा गरिएको हो ।

भारतीय प्रधानमन्त्री मोदी र युरोपेली संघ (ईयू) की प्रमुख उर्सुला भोन डेर लेयनसमेत सहभागी भएको पत्रकार सम्मेलनमा स्वीडेनी प्रधानमन्त्री क्रिस्टर्सनले यो नयाँ सम्झौता भारत र युरोपेली संघबीच गत जनवरीमा भएको स्वतन्त्र व्यापार सम्झौताको पृष्ठभूमिमा आएको बताए ।

उनले अहिलेकै गतिमा अघि बढे आगामी पाँच वर्षभित्रै द्विपक्षीय व्यापार र लगानी दोब्बर बनाउने साझा लक्ष्य रहेको र यो लक्ष्य तय गरिएको समयभन्दा अगावै पूरा हुन सक्ने विश्वास व्यक्त गरे । हाल यी दुई देशबीचको वार्षिक व्यापार ७.७५ अर्ब डलर रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले यस साझेदारी अन्तर्गत हरित रूपान्तरण, रक्षा, उदीयमान प्रविधि र जनता-जनताबीचको सम्बन्धजस्ता महत्त्वपूर्ण पक्षहरूलाई अगाडि बढाइने बताए । यसका साथै दुवै देशले सुरक्षा, प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र अन्तरिक्ष प्रविधिका क्षेत्रमा पनि सम्बन्ध विस्तार गर्न चाहेका छन् ।

यसै सिलसिलामा शुक्र ग्रह मिसन (भेनस अर्बिटर मिसन) को एक हिस्साका रूपमा सँगै काम गर्नका लागि दुई देशका अन्तरिक्ष एजेन्सीहरूबीच एक समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको छ ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ६ : ५९ बजे

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका

चितवनमा तत्काल बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन– पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ ।

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर