प्रधानमन्त्री बालेनले पहिलो पटक संसद्‍मा उभिएर के के भने ? « Khabarhub

प्रधानमन्त्री बालेनले पहिलो पटक संसद्‍मा उभिएर के के भने ?

सुकुम्वासी, सीमा विवाददेखि बिजुलीसम्म बोलेँ


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा बैठकमा पहिलो पटक उभिएर बोलेका छन् ।

आइतबार आकस्मिक रूपमा बैठकमा पुगेका उनले सभामुख डोलप्रसाद अर्यालसँग समय मागेर सांसदहरूका विभिन्न प्रश्नको जवाफ दिएका हुन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रधानमन्त्री शाहलाई प्रश्न सोधेका थिए ।

प्रधानमन्त्री वालेन्द्र शाहले फागुन २१ मा निर्वाचित प्रतिनिधि सभामा पहिलो पटक उभिएर जवाफ दिएका हुन् ।

प्रधानमन्त्रीले के भने ?

आयोगका प्रतिवेदन : सबै आयोगका प्रतिवेदन एकमुस्ट अध्ययन गरेर आवश्यक कारबाही गर्ने बचन।

नेपाल-भारत सीमा विवाद : लिपुलेक र लिम्पियाधुरा विषयमा कूटनीतिक नोट पठाइएको छ। भारतबाट जवाफ पनि आएको छ । भारतले मात्र होइन, नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको रहेछ । सीमा विवादबारे इङल्यान्ड सरकारसँग पनि कुरा हुँदैछ।

सुकुम्वासी समस्या : ३५ वर्षदेखि समाधान नभएको समस्या ३५ मिनेटमा समाधान खोज्न हुँदैन ।

आर्थिक प्राथमिकता : सरकारको ध्यान आत्मविश्वास बढाउनेसँगै पैसा बढाउनेमा छ, देशलाई पहिले पैसा चाहिन्छ ।

राजनीतिक भाषण : समाजवाद र साम्यवादको भाषण गर्न सजिलो भएको टिप्पणी गर्दै काठमाडौं महानगरमा हुँदा शिक्षा र स्वास्थ्यमा उदाहरणीय काम गरेको जिकिर ।

बिजुली र विद्युतीय चुल्हो : यदि सबैले विद्युतीय चुल्हो प्रयोग गरे भने ट्रान्सफर्मर पड्किने अवस्था आउन सक्छ । बिजुलीमा लाग्ने ५ प्रतिशत भ्याट ट्रान्सफर्मर फेर्न उपयोग गरिनेछ।

प्रवासी मताधिकार : विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकार दिने विषयमा अध्ययन गरिँदैछ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  २ : ५२ बजे

५ करोड बजेटसहित ‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको