पुरा हुँदै निम्कोट-भस्मेखोला सिँचाइ  « Khabarhub

पुरा हुँदै निम्कोट-भस्मेखोला सिँचाइ 


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–४ र ५ मा निर्माणाधीन निम्कोट–भस्मेखोला सिँचाइ आयोजना सम्पन्न हुने चरणमा पुगेको छ ।

भ्याटसहित १ करोड ९४ लाख दुई हजार आठ सय रुपैयाँ लागतमा एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको करिब २ किलोमिटर लामो उक्त आयोजनाबाट ६५ हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

फस्कु–प्रिसिजन जेभी, काठमाडौंले निर्माण गरिरहेको आयोजनाअन्तर्गत हेडवर्क्स, क्यानल निर्माण, पाइप जडान तथा भस्मेखोलामा मुहान निर्माणको काम भइरहेको छ । आयोजना सम्पन्न भएपछि अर्चले, निम्कोट र लप्सेवेशी क्षेत्रका दुई सयभन्दा बढी किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।

निर्माण कम्पनीका प्रतिनिधि पुरुषोत्तम बुढाथोकीका अनुसार आयोजनाको काम जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । हाल पाइप जडानको काम भइरहेको र करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको उनले बताए ।

आयोजना वैतेश्वर- ४ र ५ निर्माण भएपनि यसको प्रत्यक्ष लाभ अधिकांश वैतेश्वर- ३ मिर्गेका दुईसयभन्दा बढी किसानले लिनेछन् ।

यसअघि स्थानीय किसानहरू अस्थायी कुलोको भरमा सिँचाइ गर्न बाध्य थिए । धान रोपाइँ तथा गहुँ बाली लगाउने समयमा उपभोक्ताले आफैँ कुलो मर्मत गरेर पानी खेतसम्म ल्याउनुपर्ने अवस्था थियो ।

पानीको पालो कुर्न रातभर खेतमा बस्नुपर्ने बाध्यता समेत रहेको स्थानीय पदम बस्नेत ले बताए । अब पक्की सिँचाइ सुविधा पुगेपछि रातभर पानी कुर्नुपर्ने र कुलो मर्मतमा समय खर्चिनुपर्ने समस्याको अन्त्य हुने उनले सुनाए ।

स्थानीयका अनुसार लप्से क्षेत्रमा धान गहुँसँगै मौसमी तथा बेमौसमी तरकारी र मकै खेती हुने गरेको छ भने निम्कोट क्षेत्रमा मुख्य रूपमा धान र गहुँ खेती गरिन्छ । 

सिँचाइको सहज पहुँचसँगै खेतीयोग्य जमिनको उपयोग बढ्नुका साथै कृषि उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ६ : ४४ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच