बालेनको अभिव्यक्तिले नेपालको अडान कमजोर बनाउन सक्छ : कुलमान घिसिङ « Khabarhub

बालेनको अभिव्यक्तिले नेपालको अडान कमजोर बनाउन सक्छ : कुलमान घिसिङ


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे स्पष्टिकरण दिन माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले ‘भारतले नेपालको भूमि मिचिरहेको मात्रै नभई नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त भनाइप्रति प्रतिक्रिया जनाउँदै घिसिङले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त गम्भीर, संवेदनशील र राष्ट्रिय हितसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताएका छन् ।

उनले नेपाल–भारत सीमा विवाद कुनै नयाँ विषय नभएको उल्लेख गर्दै दुवै देशले केही क्षेत्रमा सीमा विवाद रहेको स्वीकार गर्दै आएको र नेपालले ऐतिहासिक दस्तावेज, नक्सा, सन्धि तथा तथ्य–प्रमाणका आधारमा आफ्नो अडान स्पष्ट रूपमा राख्दै आएको स्मरण गराएका छन् ।

घिसिङले सार्वभौम राष्ट्रको प्रधानमन्त्रीले संसदजस्तो सर्वोच्च लोकतान्त्रिक मञ्चबाट दिएको यस्तो अभिव्यक्तिले नेपालको राष्ट्रिय अडान कमजोर बन्न सक्ने, सीमा सम्बन्धी विषयमा अन्तर्राष्ट्रिय स्तरमा भ्रम सिर्जना हुन सक्ने तथा नेपालले उठाउँदै आएको वैध दाबी प्रभावित हुन सक्ने जोखिम रहेको बताएका छन् ।

उनले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकतासँग जोडिएका विषयमा सरकारको धारणा स्पष्ट, जिम्मेवार र प्रमाणमा आधारित हुनुपर्ने उल्लेख गरेका छन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा सोही पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनुले थप प्रश्न र आशंका जन्माएको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ९ : १७ बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई