आज २०८३ साल जेठ १८ गते साेमबारको राशिफल « Khabarhub

आज २०८३ साल जेठ १८ गते साेमबारको राशिफल


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल जेठ १८ गते साेमबार अधिक जेठ कृष्ण पक्षको प्रतिपदा तिथि। विश्व बुवाआमा दिवस  । सन् २०२६ जुन १ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। सहकार्य गर्दै गरेका साथीबाटै असहयोग हुने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानी भने फलदायी बन्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।

वृष :  दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नुपर्ने दिन छ। उपचारकोक्रममा भए स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। साथीभाइसँग गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

मिथुन : धार्मिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। राज्यबाट भय हुने याेग परेको छ ।

कर्कट : साथीभाइले असहयोग गर्नेछन्। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। सहकर्मीसँगको सल्लाह अनुसार अगाडि बढ्नु उचित हुनेछ। रोगले सताउने सम्भावना भएकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिन बिताउनु राम्रो हुनेछ।

सिंह: कुनै काम गर्नुअघि धेरै साेच्नुपर्ने दिन छ ।सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँग गरेको सहकार्यले मनमा हौसला बढ्नेछ। शत्रु बढ्नेछन् तर पारिवारिक मेलमिलाप हुनेछ।

कन्या : दिन सहज छ। पठनपाठनमा मन जानेछ। साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। स्वदेशमा भन्दा वैदेशिक क्षेत्रमा लगानी बढ्नेछ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। दाम्पत्य जीवनमा भने खटपटी हुनेछ।

तुला : शिक्षामा गरेको लगानीबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ। पुराना रोगले सताउने जोखिम छ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने समय छ। धार्मिक व्यक्तिसँग बोल्दा नम्रताको खाँचो देखिन्छ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

वृश्चिक : सोचेको काममा बन्नेछ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। व्यक्तिगत क्षमता बढ्नेछ। रोगबाट जोगिनु पर्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ।

धनु : खर्च बढ्नेछ। मनमा कुनै कुराले तनाव बढाउनेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ। तर परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ ।

मकर : आलोचना गर्नेहरु पनि प्रशंसा गर्न थाल्नेछन्। शुभ ग्रहले साथ दिएकाले निष्पक्ष निर्णयबाट पछाडि नहट्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारमा भने शंका बढ्नेछ।

कुम्भ : धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। बौद्धिक ज्ञान प्राप्त हुनेछ। बोल्दा नम्र बन्नुपर्नेछ। शिक्षाको लगानीमा मेहनतको आवश्यकता देखिन्छ।

मीन : रोगले सताउने छ। व्यक्तित्वमा निखार ल्याउन कर्मनिष्ठ बन्नुपर्ने दिन छ। बन्धुसँगको सहकार्यबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ५ : १३ बजे

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट

गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित

गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज– सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव र्‍याली

बालेनको वाचा : राजा र हिन्दू राष्ट्र फर्काउने होइन, संघीयतालाई अझै बलियो बनाउने हो

काठमाडौं- सुनसरीबाट सुरू भएर मधेश प्रदेशमा पुगेको दुई समुदायको तनावले

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न अध्यक्ष दाहालको आह्वान

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले शान्ति, संयमता, आपसी विश्वास,