प्रधानमन्त्रीमाथि खनियो नेकपा, विवादित भनाइ तत्काल सच्याउन माग « Khabarhub

प्रधानमन्त्रीमाथि खनियो नेकपा, विवादित भनाइ तत्काल सच्याउन माग


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धमा व्यक्त गरेको धारणाप्रति गम्भीर आपत्ति जनाएको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत भएको उल्लेख गरेका छन् । पार्टीले उक्त अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरेको छ।

ज्वालाले अन्तर्राष्ट्रिय सीमा अतिक्रमण र सीमावर्ती क्षेत्रमा हुने जग्गाको भोगचलन (क्रस होल्डिङ) फरक विषय भएको उल्लेख गर्दै भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा गरेको अतिक्रमणलाई नेपालले पनि भारतको भूमि कब्जा गरेको भन्ने अभिव्यक्तिसँग तुलना गर्न नमिल्ने भनेका छन् ।

नेकपाले सुगौली सन्धि र सीमा स्तम्भका आधारमा निर्धारण गरिएको सीमारेखाका कारण दुवैतर्फ सम्पत्ति वा खेतीयोग्य जमिन पर्न सक्ने भए पनि त्यसलाई भूमि कब्जा भन्न नमिल्ने स्पष्ट पारेको छ।

पार्टीले नेपालले भारतको कुनै भूभाग कब्जा नगरेको दाबी गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग भएको आफ्नो अडान दोहोर्‍याएको छ। यसका साथै, सीमा समस्या समाधानका लागि कूटनीतिक संवाद आवश्यक रहेको उल्लेख गरेको छ।

नेकपाले प्रधानमन्त्रीको विवादास्पद भनाइ तत्काल सच्याउन, संसद्को रेकर्डबाट हटाउन तथा राष्ट्रिय हितका विषयमा राष्ट्रिय सहमति कायम गरी भारतसँग तथ्यका आधारमा कूटनीतिक पहल अघि बढाउन सरकारसँग माग गरेको छ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  २ : १९ बजे

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन्- करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा

नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि