सांसद र सभामुखबीचको दूरी बढाइयो, प्रतिनिधि सभा १५ मिनेटलाई स्थगित « Khabarhub

सांसद र सभामुखबीचको दूरी बढाइयो, प्रतिनिधि सभा १५ मिनेटलाई स्थगित


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार नेपाल-भारत सीमाबारे बोलेको विषयलाई लिएर आज पनि विपक्षीहरूले अवरोध जारी राखेका छन् । विपक्षीको अवरोधपछि सभामुख डिपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । 

यसैबीच, सभामुख र सांसदहरुबीचको दूरी बढाइएको छ। बीचको लहरका कुर्सीहरू हटाएर दूरी बढाइएको छ । 

हिजोको बैठकमा सभामुखले अवरोधबीच प्रतिनिधि सभा नियमावली पारित गरेपछि विपक्षी सांसदहरू रोष्ट्रममै पुगेका थिए। उनीहरूले सभामुखकै आसनमा पुगेर विरोध गरेका थिए । 

विपक्षीहरूले विरोधका क्रममा कुर्सी उचाल्नेदेखि सभामुखको कुर्सीसम्म पुग्ने गरेपछि ग्याप बढाइएको हो । 

तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  २ : ५६ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म