प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित « Khabarhub

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।  

सोमबार बसेको दोस्रो बैठकमा पनि नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो ।

दोस्रो बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुख डोल प्रसाद अर्यालले कानून निर्माण गर्ने महत्त्वपूर्ण थलोमा रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।  

तर विपक्षी दलले निरन्तर उठेर विरोध जनाएपछि सभामुख अर्यालले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ४ : ५७ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको