नेकपा सांसद दुलालद्वारा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे रास्वपाको धारणा माग « Khabarhub

नेकपा सांसद दुलालद्वारा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे रास्वपाको धारणा माग


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्तिबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सत्तारुढ दलको धारणा माग गरेका हुन् ।

‘प्रतिनिधि सभामा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले बोल्नु भएको नेपालले भारतको सीमा मिचेको छ भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो ? यो सम्मानित सदनबाट आम नेपाली नागरिकलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ र हाम्रो रेकर्डबाट प्रधानमन्त्रीज्यूको उक्त भनाइ हटाउनु पर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले संसदमा आएर सत्य तथ्यसहित संसदमार्फत देशबासीको नाममा पुनः सम्बोधन गर्नुपर्छ र यसलाई एउटा राष्ट्रिय महत्त्वको विषय बनाएर समाधान गरेर जानुपर्छ।’

उनले राष्ट्रको अभिभावक भएको नाताले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्ति ठूलो राष्ट्रको चिन्ताको विषय भएको उल्लेख गरे । ‘उहाँ एउटा कुनै पार्टीको प्रधानमन्त्री होइन । हाम्रा फरक विचारका बावजुद पनि उहाँ राष्ट्रको प्रमुख अभिभावक हुनुको नाताले प्रधानमन्त्रीज्यूले संसदमा बोल्नु भएको सीमा सम्बन्धी विवाद धेरै नै ठूलो राष्ट्रको चिन्ताको विषय हो, उनले भने, ‘यो हाम्रो कुनै व्यक्ति विशेषको र दल विशेषको चिन्ताको विषय होइन । यो सिङ्गो राष्ट्रको चिन्ताको विषय हो र यो राष्ट्रिय चिन्ताको विषयको समस्याको समाधान यो संसदबाट निस्कनै पर्छ। प्रधानमन्त्रीज्यूले राष्ट्रको अभिभावक हुनुको नाताले उहाँले समस्याको समाधान दिनै पर्छ ।’

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ३ : ४१ बजे

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन् – करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा

नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि