निर्यात प्रवर्द्धनमा बजेट सकारात्मक « Khabarhub

निर्यात प्रवर्द्धनमा बजेट सकारात्मक


१९ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्यात व्यवसायी महासङ्घले आगामी आर्थिक वर्षको बजेटले धेरै विषय सम्बोधन गरेकामा स्वागत गरेको छ । 

नयाँ राजनीतिक स्थिरताको परिवेश, चुनावी प्रतिबद्धता र सरकारको १०० दिने कार्यक्रमको निरन्तरताका रूपमा आएको आगामी आव २०८३-८४ का बजेटले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका नीतिगत विषयमा सुधार गरेको महासङ्घको कथन छ ।

बजेटको आकार, स्रोतको चाप र खर्चको संरचनागत पक्षमा देखिएको चुनौती र कतिपय बजेटमा सम्बोधन हुन नसकेकाले विषयलाई सम्बोधन गर्दै कार्यान्वयन गर्न महासङ्घले अनुरोध गरेको छ । 

महासङ्घले व्यक्तिगत आयकर छुटको सीमा दोब्बर गरी १० लाख पुर्‍याइनु, अधिकतम करको दर १० प्रतिशत विन्दुले घटाउनु, ३६० वस्तुको अन्तःशुल्क खारेज गर्नु र भन्सार दरलाई ११ तहबाट सात तहमा झार्नु प्रशंसनीय कदम भएको महासङ्घका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

औद्योगिक कच्चापदार्थको भन्सार दर तयारी वस्तुको भन्दा कम्तीमा एक तह कम गर्ने नीति, कम्पनी ऐन र विदेशी लगानी ऐनमा संशोधन गरी विदेशी लगानी फिर्ता सरलीकरणको व्यवस्थाले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नेमा महासङ्घले प्रसन्नता व्यक्त गरेको छ । 

सूचना प्रविधि सेवा निर्यातबाट आर्जित आयमा ५० प्रतिशत कर छुट, स्वेट इक्विटीमा शतप्रतिशत कर छुटले नेपाललाई ‘टेकहब’ बनाउने आधार खडा गर्ने विश्वास व्यक्त गरेको छ ।

निजी क्षेत्रलाई अन्तरराष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने कानुनी मार्ग प्रशस्त गर्नु, नेपाल विद्युत् प्राधिकरणको त्रिपक्षीय कम्पनीमा विभाजन र ‘आरोग्य पर्यटन’ को ब्राण्डिङ गर्ने कुरा सकारात्मक रहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  ६ : ४८ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले