कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी « Khabarhub

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा– कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् ।

हराएका बालबालिका खोजतलास समन्वय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन् ।

बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामध्ये चार वटा जिल्लाबाट मात्रै ती सूचना दर्ता भएको जानकारी दिए ।  

उनले सबैभन्दा बढी मोरङमा २४ सुनसरीमा ११, इलाममा दुई र उदयपुरमा एउटा सूचना दर्ता भएको जानकारी दिए । 

हेल्पलाइन (१०९८) वा प्रहरी हेल्पलाइन (१०४) मा बालविवाह, हिंसा वा शोषणसम्बन्धी सूचना दर्ता भएपछि बालबालिकालाई संरक्षण, उद्धार र पुनः स्थापना गर्न विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरेर सेवा दिने गरिएको छ ।  

विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार कोशी प्रदेशमा नौ हजार ७१३, बालविवाहका घटना भएको तथ्याङ्क छ । पछिल्लो समय टोलटोलमा गठन भएका बाल सञ्जाल र विद्यालयमा सञ्चालित बालक्लबका कारण बालविवाह न्यूनीकरणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भइरहेको संरक्षणकर्मी अधिकारीले जानकारी दिए ।  

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  १ : २४ बजे

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री