भ्रष्टाचारमा दोषी मधेश प्रदेशका सदस्य सिंहलाई ४ वर्ष १ महिना कैद, ३८ लाख ५० हजार रुपैयाँ जरिवाना « Khabarhub

भ्रष्टाचारमा दोषी मधेश प्रदेशका सदस्य सिंहलाई ४ वर्ष १ महिना कैद, ३८ लाख ५० हजार रुपैयाँ जरिवाना


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विशेष अदालतले घुस तथा कमिशन लिएको ठहर भएका मधेश प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई ४ वर्ष १ महिना कैद सजाय सुनाएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले यसअघि सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरमा दोषी ठहर गरेको हो। 

सोही मुद्दामा सजाय निर्धारण गर्दै अदालतले ४ वर्ष कैद र ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।

अदालतका अनुसार सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिशनबापत प्राप्त गरेको ३८ लाख ५० हजार १३९ रुपैयाँलाई भ्रष्टाचारको बिगो कायम गरिएको छ। 

उक्त रकम बराबरको जरिवाना तोकिएको छ भने सोही रकम जफत हुने आदेश पनि गरिएको छ।

वारदातका बेला सिंह महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित मधेश प्रदेशसभा सदस्य रहेकाले भ्रष्टाचार निवारण ऐनको दफा २४ अनुसार थप सजायसमेत निर्धारण गरिएको अदालतले जनाएको छ।

त्यो व्यवस्थाअनुसार उनलाई थप १ महिना कैद सजाय सुनाइएको छ। अदालतले सिंहबाट जरिवानाको आधारमा १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्कसमेत असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विभिन्न उपभोक्ता समितिहरूबाट कमिशन लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतले आयोगको दाबी पुष्टि गर्दै दोषी ठहर गरेको हो।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ३ : ५२ बजे

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति

आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस

जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने 

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित

देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन

नवलपरासी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्र हितका