एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय « Khabarhub

एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय


२१ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षमा एक लाख क्युफिट काठ निकाल्ने भएको छ । कार्यालयले ढलेका, सुकेका(सुख्खड खडा र ढलापडा) लगायत काठ निकाल्ने तयारी गरेको हो ।

कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले आगामी असारभित्रमा काठ संकलन गरी बिक्री गर्ने तयारी गरिएको बताए। कार्यालयअन्तर्गत रहेको वरण्डाभार वन क्षेत्रबाट काठ निकाल्न लागिएको हो । वरण्डाभार क्षेत्र १० हजार ३०२ हेक्टर रहेको उनले जानकारी दिए । 

वन कार्यालयले वरण्डाभार वन क्षेत्रबाट एक लाख क्युफिट काठ संकलन गरेपछि केही काठ बिक्रीका लागि वन निगमलाई दिइने प्रमुख आचार्यले जानकारी दिए । उनले भने, ‘चालिस लाख क्युफिट काठ वन निगमलाई दिन्छौँ, बाँकी हामीले बिक्री गर्छौं ।’ 

गत वर्ष एक लाख २० हजार क्युफिट काठ निकालिएको थियो ।
 
यसैगरी, कार्यालयले जोखिमयुक्त स्थानका रूख पनि कटान गर्दैछ । प्रमुख आचार्यका अनुसार मानवीय र भौतिक क्षति हुनसक्ने ठाउँको पहिचान गरी रूख कटान गरिने छ । देवघाट जाने सडकका २५ वटा कटान गरिसकिएको जनाउँदै उनले भरतपुरबाट कालिका नगरपालिका जाने दुई वटा सडक किनारका र पूर्वपश्चिम राजमार्गको टिकौली जङ्गलको जोखिमपूर्ण रूख कटानको तयारी गरिएको बताए। 

प्रमुख आचार्यका अनुसार कृषि तथा वन विज्ञान विश्वविद्यालय नजिक नहरमा रहेका सुकेका सिसौका रूख पनि कटान गर्ने तयारी गरिएको छ । उनले भने, ‘जङ्गल क्षेत्रभित्र रहेको भए तापनि बाटोको जोखिम, टेलिफोनको जोखिम, बिजुलीको जोखिम र हवाई जोखिम यी चार वटा जोखिम भएका स्थानका रूख कटान गरिन्छ ।’
 
सरकारी कार्यालयमा हुनसक्ने जोखिम मध्यनजर गर्दै आसपासका रूख पनि कटान गरिँदै छ । सशस्त्र प्रहरी कार्यालय आँपटारी र प्रहरी तालिम केन्द्रमा पनि केही रूख काटिँदैछ । वन क्षेत्रमा रहेका भूमिहीन तथा सुकुमवासी बस्तीका रूखहरू भने जोखिम भए पनि काट्न नमिल्ने प्रमुख आचार्यको भनाइ छ ।
 
भरतपुरतर्फको देवघाट क्षेत्र, आँपटारी, गणेशस्थानलगायत क्षेत्रमा रुखहरू जोखिमपूर्ण भए पनि कटान गर्न नमिल्ने प्रमुख आचार्यले बताए ।

उनले भने, ‘लालपुर्जा नभएका क्षेत्रमा जोखिम भए पनि रूख काट्ने जोखिम लिन सक्दैनौँ । सरकारले निर्णय गरेर आयो भने गर्न सक्छौँ, नत्र सकिदैन ।’

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ७ : ०७ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो