कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद थप « Khabarhub

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद थप


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि अन्तिम पटकका लागि थप गरेको छ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद आगामी जेठ २८ गते राति १२ बजेसम्म कायम गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

कांग्रेसका अनुसार देशभर सदस्यता अद्यावधिकको काम उत्साहजनक रूपमा अघि बढिरहेको छ। तर विभिन्न तहबाट निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न कठिनाइ भएको जानकारी आएपछि म्याद थप गर्ने निर्णय गरिएको हो।

कार्यवाहक मुख्यसचिव दुलालले विभिन्न तहबाट समय अपुग भएको गुनासो प्राप्त भएकाले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार अन्तिम पटकका लागि समयावधि थप गरिएको बताए।

कांग्रेसले निर्धारित नयाँ समयसीमाभित्र आ–आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य अनिवार्य रूपमा सम्पन्न गर्न सम्बन्धित सबै सदस्य तथा पार्टी संरचनालाई आग्रह गरेको छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ३ : ३३ बजे

नयाँ दिल्ली पुगे परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका क्रममा आज नयाँ

बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना

काठमाडौं– गृह मन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ

दुई भन्सारबाट भित्रिएका ७७५ ईभी पाँच जिल्ला पुगेपछि किन समातिए ?

काठमाडौं- सीमा र भन्सार सुरक्षाको जिम्मा पाएको सशस्त्र बलले बुधबार

बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव

काठमाडौं– सरकारले बाँदर तथा अन्य वन्यजन्तुले कृषि बालीनालीमा पुर्‍याइरहेको क्षति

‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’

बरहथवा– मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सबैसँग सहकार्य गरी विपद्