कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद थप « Khabarhub

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद थप


२२ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि अन्तिम पटकका लागि थप गरेको छ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद आगामी जेठ २८ गते राति १२ बजेसम्म कायम गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

कांग्रेसका अनुसार देशभर सदस्यता अद्यावधिकको काम उत्साहजनक रूपमा अघि बढिरहेको छ। तर विभिन्न तहबाट निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न कठिनाइ भएको जानकारी आएपछि म्याद थप गर्ने निर्णय गरिएको हो।

कार्यवाहक मुख्यसचिव दुलालले विभिन्न तहबाट समय अपुग भएको गुनासो प्राप्त भएकाले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार अन्तिम पटकका लागि समयावधि थप गरिएको बताए।

कांग्रेसले निर्धारित नयाँ समयसीमाभित्र आ–आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य अनिवार्य रूपमा सम्पन्न गर्न सम्बन्धित सबै सदस्य तथा पार्टी संरचनालाई आग्रह गरेको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ३ : ३३ बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई