‘सरौतो’ का लागि दुई वर्ष मार्सल आर्ट सिकेँ: सुमी मोक्तान « Khabarhub

‘सरौतो’ का लागि दुई वर्ष मार्सल आर्ट सिकेँ: सुमी मोक्तान


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका सुमी मोक्तान फिल्म ‘सरौतो’ मार्फत दर्शकमाझ आउँदैछिन् । हरि हुमागाईंले निर्देशन गरेको उक्त फिल्मको रिलिजअघि राम्रै चर्चा छ । फिल्ममा सुमीसँगै सन्नी सिंह, आमिर गौतम, विजय लामा लगायतका कलाकारको शीर्ष भूमिका छ ।

आउँदो मंसिर १३ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको ट्रेलरले राम्रै चर्चा पाएको छ । फिल्ममा सुमीलाई एक्सन अवतारमा देख्न पाइनेछ ।

एक्सन अवतार वास्तविक जस्तो होस् भने सुमीले झण्डै २ वर्ष मार्सल आर्ट नै सिकेकी थिइन् । जबकि, नेपालमा कलाकारले आफ्नो चरित्रका लागि खासै कसरत गर्दैनन् ।

खबरहबसँगको कुराकानीमा नायिका सुमीले भनिन्, ‘चुनौतीविना जीवनमा के नै रमाइलो छ र भन्ने लाग्छ, मैले सधै एउटै काम नहोस्, केही फरक होस् भनेर मार्सल आर्ट सिकेकी हुँ ।’

सुमीले ‘सरौतो’ मा क्यारेक्टरलाई न्याय दिनका लागि सांकेतिक भाषा समेत सिकेको बताइन् । ‘मैले यो फिल्मकै लागि भनेर सांकेतिक भाषा पनि सिकेँ र दुई वर्ष मार्सल आर्ट सिकेँ,’ उनले भनिन् ।

साथै उनले फिल्ममा सबैले गरेको कामको तारिफ गर्दै एक्सन फिल्ममा यो तहको फिल्म कमै गर्नै बनेको समेत दाबी गरिन् । फिल्ममा उनले कान नसुन्ने एक युवतीको भूमिका निभाएकी छिन् । ‘सरौतो’ मा बदलाको कथा छ ।

नारी कलाकारले यसअघि एक्सन फिल्ममा अभिनय गरे पनि ती नायिकाहरु खासै सफल बन्न नसकेको इतिहास छ । पछिल्लो समय ‘जाइरा’ मा नम्रतालाई एक्सन भूमिकामा प्रस्तुत गरिएको थियो । तर, फिल्मले व्यावसायिक सफलता हात पार्न सकेन ।

के तपाईं एक्सन लेडीका रुपमा स्थापित हुनुहोला त? भन्ने खबरहबको प्रश्नमा सुमीले भनिन्, ‘हुन्छु होला, फेरि फिल्ममा एक्लैले गरेर हुने पनि होइन, फिल्म नै राम्रो हुनुपर्छ, र ‘सरौतो’ साँच्चिकै राम्रो बनेको छ ।’

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १२ : ३६ बजे

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल