छानबिन समिति संयोजक भन्छन् : सुधनको सम्पत्ति भिड्यो कि भिडेन म अहिले भन्न सक्दिनँ « Khabarhub

छानबिन समिति संयोजक भन्छन् : सुधनको सम्पत्ति भिड्यो कि भिडेन म अहिले भन्न सक्दिनँ

सम्पत्तिको स्रोत, रेमिट्यान्स र शेयर कारोबारको विवरण समेटियो


२२ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र शेयर कारोबारबारे छानबिन गर्न सरकारले गठन गरेको समितिले प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाएको छ ।

समितिका संयोजक अच्युतम् प्रसाद भण्डारीले बीबीसी न्यूज नेपालीसँगको अन्तर्वार्तामा भने, ‘उहाँको सम्पत्तिको स्रोत के–के हो, त्यो सबै समेटेका छौं । मन्त्रिपरिषद् र निर्वाचन आयोगमा पेश गरेको सम्पत्ति विवरण पनि समावेश गरेका छौं ।’

भण्डारीका अनुसार समितिले नेपाल संस्था, रेमिट्यान्स र दीपक भट्टसँगको कारोबारबारे पनि गहिरो छानबिन गरेको छ । सुधन गुरुङले प्रयोग गर्ने गाडीसम्बन्धी विवरणका लागि यातायात कार्यालयको चिठीसमेत प्रतिवेदनमा राखिएको उनले बताए ।

‘रेमिट्यान्स कहाँबाट, कुन बैंकबाट र कसले पठाएको हो ? नातेदार हो वा अन्य व्यक्ति ? सबै कुरा खुलाएका छौं,’ भण्डारीले भने ।

समितिले गुरुङको नाममा देखिएका सम्पत्तिहरू वास्तविक नामसँग मिल्छन् कि मिल्दैनन् भन्ने तथ्यगत विवरण पनि संकलन गरेको उनले बताए ।

छानबिनका क्रममा समितिको कार्यालयमा बोलाएर बयान लिएको र कतिपयलाई जुममार्फत् सोधखोज गरिएको पनि उनले बताए ।

तर, समितिले अझै सार्वजनिक रूपमा ‘सम्पत्ति भिड्यो कि भिडेन’ भन्ने निष्कर्ष दिएको छैन । भण्डारीले भने, ‘म अहिले भन्न सक्दिनँ, किनकि कतिपय कुरा गोप्य राख्नुपर्ने हुन्छ ।’

समितिले प्रतिवेदनलाई आधिकारिक निकायबाट सार्वजनिक गर्नुपर्ने माग गरेको छ । ‘प्रतिवेदनमा आत्मगतभन्दा वस्तुगत व्याख्या छ । हामीले वस्तुगत आधारसहित यो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छौं,’ भण्डारीले बताए ।

यो छानबिन समितिले सुधन गुरुङको सम्पत्ति शुद्धीकरण, स्रोत र शेयर कारोबारको विषयलाई मुख्य रूपमा केन्द्रित गरेको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ५ : ०४ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र