पाकिस्तानी सेनाको नियन्त्रणबाट भारत फर्किएका अभिनन्दनको मेरुदण्डमा चोट « Khabarhub

पाकिस्तानी सेनाको नियन्त्रणबाट भारत फर्किएका अभिनन्दनको मेरुदण्डमा चोट


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– पाकिस्तानी सेनाको हिरासतबाट मुक्त भई स्वदेश फर्केका भारतीय वायुसेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमानको मेरुदण्डमा चोट लागेको एमआरआई मेडिकल रिपोर्ट आएको छ ।

पाकिस्तानी सेनाले अभिनन्दनले उडाइरहेको मिग २१ विमान खसालेपछि जमिनमा ओर्लिने क्रममा अभिनन्दनको मेरुदण्डमा चोट लागेको भारतको समाचार संस्था पीटीआईले जनाएको छ ।

उनको दिल्ली क्यान्टोनमेन्टमा रहेको रिसर्च एण्ड रिफरल अस्पतालमा आगामी १० दिनसम्म उपचार हुनेछ ।

मेडिकल रिपोर्टमा अभिनन्दनको शरिरमा पाकिस्तानी सेनाले जासुसीका लागि कुनै पनि उपकरण जडान नगरेको समेत मेडिकल रिपोर्टमा जनाइएको छ ।

गत शुक्रबार स्वदेश फर्केका उनले आफ्ना परिवारका सदस्यलाई भेटिसकेका छन् भने आइतबार उनले भारतीय अधिकारीलाई पाकिस्तानमा भएको घटनाबारे जानकारी दिएका छन् ।

उनको मनोवैज्ञानिक परामर्श भइरहेको र त्यसपछि पूर्ण रुपमा फिट भएपछि मात्रै उनले आफ्नो जिम्मेवारीमा पुनः फर्किने बताइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : २४ बजे

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने