रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैन : वर्षमान  « Khabarhub

रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैन : वर्षमान 


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइको शक्तिशाली सरकारले मुलुकको आवश्यकताअनुसार आर्थिक वृद्धि र रोजगारी सृजना गर्ने गरी बजेट ल्याउन नसकेको बताएका छन् । 

नेपाल व्यवस्थापन संघद्वारा शुक्रबार राजधानीमा आयोजित आगामी आर्थिक वर्ष २०८३‍-०८४ को पोष्ट बजेटसम्बन्धी अन्तरक्रियामा पुनले बजेटले कुनै पनि क्षेत्रमा नजिता दिने गरी ‘फोकस’ गर्न नसकेको बताए । 

लोकप्रियतावादी सरकारले सबैले भन्दै आएको कर्णप्रिय कार्यक्रम समावेश गरेको भए पनि त्यसले आर्थिक समृद्धिको दिशामा ठोस नतिजा दिन नसक्ने टिप्पणी गरे । 

‘बजेटमा केही चिजमा ‘फोकस’ गरिएको छैन । हामीले नयाँ साथीहरूलाई ‘पपुलिष्ट’ को आरोप लगाउने गरेका छौं ।

 ‘पपुलिज्म’ को विशेषता के भने सबैले भनेका ‘कर्णप्रिय’ लाग्ने कुरा भन्ने । तर, त्यो पुरा होस् नहोस्’ पुनले भने, ‘सय बुँदे कार्यक्रम बनाउँदा पनि सबै राष्ट्रिय दलको लिएर राख्नुभयो । तर, उहाँहरूको आफ्नो नीति कुन त रु आफ्नो विचार, राजनीति, प्रवृत्ति वा जोड यो कुरामा भन्ने त्यहाँ देखाउन सक्नुभएन । बजेटमा पनि सबै भएको जस्तो देखिने । सबै विगतका पार्टीले थालेका कार्यक्रमको निरन्तरता जस्तो देखिने । तर, केही नभएको जस्तो छ ।’ 

सरकारले नीति–कार्यक्रम र बजेटमा के मार्फत आर्थिक वृद्धि, देशको रूपान्तरण र रोजगारीका अवसर सृजना गर्न चाहेको हो भन्ने स्पष्ट दिशा लिन नसकेको उनको भनाइ थियो ।

 ‘फोकस केमा गर्न खोजेको हो त ? के मार्फत आर्थिक वृद्धि गर्ने ? के मार्फत रोजगारी सृजना गर्ने, के मार्फत देशको रूपान्तरण गर्न खोजेको ? भन्ने कुरामा प्राथमिकतामै अल्झिएको जस्तो लाग्छ’, पुनले भने, ‘बजेटले हेर्दा, सुन्दा, छाम्दा देखिने तर, रिजल्ट नदेखिने, प्राथमिकता नदेखिनेजस्तो विशेषता बोकेको छ ।’

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ५ : २१ बजे

आजका समाचार : परराष्ट्रमन्त्री दिल्लीमा व्यस्त, रास्वपाको जिल्ला अधिवेशन सुरु र मध्यपूर्वमा तनाव जारी

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनालपरराष्ट्रमन्त्री

पोखरा बसपार्क आसपासका घर टहरा खाली गरिँदै (तस्बिरहरू) 

काठमाडौं- पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा

प्रचण्डको भनाइ स्मरण गर्दै रास्वपा सचेतक परियार भन्छन्- भुइँमा न भाँडोमा हुने छुट छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले रास्वपा

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौं- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा भारतीय

इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब