ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न सुधन गुरुङको माग « Khabarhub

ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न सुधन गुरुङको माग


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न माग गरेका छन्।

उनले प्रहरी वृत्त बालाजु पुगेर घटनाबारे जानकारी लिएका थिए। सो क्रममा उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

त्यसअघि पूर्वमन्त्री गुरुङले मृतक ईश्वरी भुजेलकी आमा र दिदीसँग भेट गरी घटनाबारे जानकारी लिएका थिए। मृतक भुजेल पूर्वमन्त्री गुरुङकै गोरखा क्षेत्र नं १ का स्थानीय बासिन्दा भएको बताइएको छ।

प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार तारकेश्वर नगरपालिका–६ लोलाङ पैयुटार बस्ने ४२ वर्षीय कुमार थापा मगरले गए राति आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलको हत्या गरेका हुन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ५ : ५७ बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई