रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता « Khabarhub

रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सेन्ट पिटर्सबर्ग- रुसको सेन्ट पिटर्सबर्गमा आयोजित सन् २०२६ को अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा करिब ८९ अर्ब ६० करोड अमेरिकी डलर (झण्डै ६ दशमलव ६ ट्रिलियन रुबल) बराबरका सम्झौताहरू सम्पन्न भएका छन् ।

मञ्चको आयोजक समितिका कार्यकारी सचिवले शनिबार जानकारी दिँदै चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा १ हजार ८४ वटा विभिन्न सम्झौता सम्पन्न भएको बताएका छन् । मञ्च बुधबारदेखि शनिबारसम्म आयोजना गरिएको थियो ।

उनका अनुसार यस वर्षको मञ्चमा विश्वका १४२ देशका प्रतिनिधिहरू सहभागी भएका थिए । 

व्यापार, लगानी, ऊर्जा, प्रविधि, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय आर्थिक सहकार्यका विविध विषयमा छलफल हुनुका साथै विभिन्न क्षेत्रसँग सम्बन्धित सम्झौताहरूमा हस्ताक्षर गरिएको थियो ।

रुसको प्रमुख अन्तर्राष्ट्रिय आर्थिक कार्यक्रमका रूपमा परिचित यो मञ्चले विश्वभरका सरकारी प्रतिनिधि, उद्योगी, लगानीकर्ता तथा आर्थिक नीति निर्माताहरूलाई एकै थलोमा ल्याउने गरेको छ । 

आयोजकहरूका अनुसार यस वर्षको सहभागिता र सम्झौताहरूको परिमाणले मञ्चप्रति अन्तर्राष्ट्रिय चासो निरन्तर बढिरहेको सङ्केत गरेको छ ।

विश्व अर्थतन्त्रमा देखिएका चुनौती, क्षेत्रीय सहकार्य, नयाँ लगानी अवसर तथा दीर्घकालीन आर्थिक विकासका रणनीतिबारे समेत मञ्चमा व्यापक छलफल भएको जनाइएको छ । रासस

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  १२ : ४१ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग