छानबिन समितिले सम्पत्तिबारे सोधेपछि सुधनले उल्टै भने : तपाईंको पनि छानबिन गरौँ « Khabarhub

छानबिन समितिले सम्पत्तिबारे सोधेपछि सुधनले उल्टै भने : तपाईंको पनि छानबिन गरौँ

सफाइ पाएर गृह मन्त्रालयमा फर्किनेमा ढुक्क


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

गोरखा- पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिबारे उठेका प्रश्नहरूको छानबिनबाट सफाइ पाउनेमा आशावादी रहेको बताएका छन्।

रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले सार्वजनिक पदमा रहँदा उठेका प्रश्नहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार रहेको उल्लेख गरे।

गुरुङले छानबिन प्रक्रियामा सहजीकरण गर्नकै लागि आफूले मन्त्री पदबाट राजीनामा दिएको पनि जिकिर गरेका छन् ।

छानबिनका क्रममा समितिले सम्पत्तिबारे कडा प्रश्नहरू सोधेको बताउँदै उनले त्यसको स्पष्ट जवाफ दिएको बताएका छन्। उनले समितिसँग भएको बयानका क्रममा भएको एउटा प्रसंगलाई ठट्यौली शैलीमा स्मरण गर्दै प्रतिप्रश्नसमेत गरेको बताए।

छानबिन समितिसँग बयानका क्रममा भएको एउटा रोचक प्रसंग कोट्याउँदै गुरुङले कार्यक्रममा ठट्यौली शैलीमा सुनाए ।

‘समितिले मलाई ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो?’ भनेर प्रश्न गर्‍यो । मैले पनि सहज रूपमा छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरिदिएँ’, गुरुङले भने ।

उनले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताए ।

आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावनाप्रति सङ्केत गर्दै गुरुङले एउटा फरक आग्रहसमेत गरे।

‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही नआइदिनुहोला’, कामलाई प्राथमिकता दिन यस्तो आग्रह गरिएको उनले बताए ।

सम्बोधनका क्रममा सांसद गुरुङले रास्वपाको सङ्गठन निर्माण र आगामी नेतृत्वको कार्यशैलीबारे पनि बोले । अब बन्ने जिल्ला सभापति राजधानी केन्द्रित हुन नहुने उनको तर्क थियो । उनले नेतृत्वले जनतासँग निरन्तर सम्पर्कमा रहनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  १ : ५२ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने