फेरि चर्कियो इरान-इजरायल युद्ध, तेहरान र जेरूसेलम दुवैतिर विस्फोटका ठूला आवाज « Khabarhub

फेरि चर्कियो इरान-इजरायल युद्ध, तेहरान र जेरूसेलम दुवैतिर विस्फोटका ठूला आवाज


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरान र इजरायलबीच फेरि युद्ध चर्किएको छ। इरानले गयराति मिसाइल हानेपछि इजरायलले लडाकु जेटमार्फत् बम हानेको छ।

इजरायलले इरानको खुजेस्तान प्रान्तको माहशहर शहरस्थित कारून पेट्रोकेमिकल कम्पनीमाथि हमला गरेको छ । जसको पहिलो भिडियो सार्वजनिक भएको छ।

तस्बिरहरूमा प्लान्ट परिसरबाट धुँवा उठिरहेको र केही भागमा क्षति देखिएको छ।

नेतन्याहूको सुरक्षा क्याबिनेट बैठक

इरानसँग बढ्दो सैन्य तनावका बीच इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सुरक्षा क्याबिनेटको महत्वपूर्ण बैठक बोलाएका छन्। यो बैठक नेपाली समयअनुसार दिउँसो १:४५ बजे हुनेछ।

रिपोर्टहरू अनुसार बैठकमा केवल छानिएका वरिष्ठ मन्त्री र सुरक्षा मामिलासँग जोडिएका उच्च अधिकारीहरू मात्र सहभागी हुनेछन्। बैठकमा इरानको हालको हमला, इजरायलको जवाफी कारबाही र आगामी सैन्य रणनीतिबारे छलफल हुनेछ।

यसैबीच इजरायली सेनाले माहशहर पेट्रोकेमिकल कम्प्लेक्समा हमला गरेको पुष्टि गरेको छ।

इजरायली सेनाले दक्षिण-पश्चिम इरानको खुजेस्तान प्रान्तमा रहेको माहशहर पेट्रोकेमिकल कम्प्लेक्समा हमला गरेको पुष्टि गरेको हो।

सैन्य विज्ञप्तिमा इजरायली वायुसेनाले परिसरका धेरै लक्ष्यहरूलाई निशाना बनाएको जनाइएको छ।

सेनाले छोटो विज्ञप्तिमा अभियानसम्बन्धी विस्तृत जानकारी पछि जारी गरिने बताएको छ। हाल हमलाको दायरा र प्रभावबारे थप विवरण सार्वजनिक गरिएको छैन।

यसअघि इरानी मिडियाले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै माहशहर क्षेत्रका पेट्रोकेमिकल प्रतिष्ठानहरूमाथि हमला भएको बताएको थियो।

अधिकारीहरूका अनुसार संयन्त्रका केही भागमा क्षति पुगेको छ भने हताहत र कुल क्षतिको आकलन भइरहेको छ।

उता इरानी सञ्चारमाध्यमले दक्षिण-पश्चिम इरानको माहशहर शहरमा रहेको करुन पेट्रोकेमिकल कम्पनीमाथि इजरायलले हमला गरेको जनाएको छ। खुजेस्तान प्रान्तका एक सुरक्षा अधिकारीले हमलामा संयन्त्रको एक भाग क्षतिग्रस्त भएको बताएका छन्।

फार्स समाचार एजेन्सीका अनुसार अधिकारीले इजरायली सेनाले पेट्रोकेमिकल प्लान्टलाई निशाना बनाएको बताएका छन्। नोक्सानी र सम्भावित हताहतको पूर्ण विवरण अझै उपलब्ध छैन।

माहशहर इरानको प्रमुख पेट्रोकेमिकल तथा औद्योगिक केन्द्र मानिन्छ। यहाँका ऊर्जा र रासायनिक उद्योग देशको अर्थव्यवस्थामा महत्वपूर्ण योगदान दिन्छन्।

इरानले फेरि मिसाइल दाग्यो

इरानले इजरायलतर्फ मिसाइलको अर्को खेप दागेको छ। हमलापछि धेरै क्षेत्रमा अलर्ट जारी गरिएको छ । जनतालाई शेल्टरमा जान निर्देशन दिइएको छ। हाल मिसाइलहरू आकाशमा रोक्ने, कुनै क्षति वा हताहतको जानकारी आएको छैन।

इजरायली सेना प्रमुख इरानमा हमलाको निगरानी गर्दै

इरानमाथि जारी हमलाका क्रममा इजरायली सेनाले सेना प्रमुख मेजर जनरल एयाल जमीरले आफैं सैन्य अभियानको निगरानी गरिरहेको बताएको छ। उनीसँगै उच्च अधिकारीहरूले निरन्तर स्थिति समीक्षा गरिरहेका छन्।

आईडीएफका अनुसार एयाल जमीर र उच्च सैन्य अधिकारीहरूले विगतका घण्टाहरूमा सुरक्षा स्थिति मूल्यांकन गरिरहेका छन् र इरानमा चलिरहेको अपरेसनको कमान्ड सम्हालिरहेका छन्।

सेनाले आफू पूर्ण रूपमा सतर्क रहेको र इजरायललाई खतरा दिने कुनै पनि पक्षविरुद्ध सबै मोर्चामा कारबाही जारी राख्न तयार रहेको बताएको छ।

इरानले साउदी एयरबेसमा हमलाको दाबी अस्वीकार गर्‍यो

साउदी अरबको अल-खर्ज एयरबेसमा कथित हमलाको खबरका बीच इरानले कुनै पनि सैन्य कारबाही गरेको अस्वीकार गरेको छ। इरानी सरकारी प्रसारक आईआरआईबीका अनुसार एक सैन्य अधिकारीले इरानले अल-खर्ज एयरबेसमा कुनै गोली वा मिसाइल नदागेको बताएका छन्।

इरानी सरकारी मिडिया आईआरआईबीले सैन्य अधिकारीलाई उद्धृत गर्दै अल-खर्ज एयरबेसमा हमलाको खबर गलत भएको र इरानको यससँग कुनै सम्बन्ध नभएको जनाएको छ।

यो वक्तव्य त्यस्ता रिपोर्टहरूपछि आएको हो, जसमा साउदी अरबको अल-खर्ज एयरबेसमा विस्फोट भएको उल्लेख थियो।

उता साउदी अरबको सिभिल डिफेन्स विभागले अल-खर्ज गभर्नोरेटमा सम्भावित खतरा देखेर अलर्ट जारी गरेको छ। अधिकारीहरूले जनतालाई सुरक्षित स्थानमा शरण लिन र अर्को सूचना नआउँदासम्म घरबाहिर ननिस्कन आग्रह गरेका छन्।

साउदी सिभिल डिफेन्सले अल-खर्ज गभर्नोरेटका बासिन्दाहरूका लागि आपतकालीन चेतावनी जारी गरेको छ। विभागले क्षेत्रमा सम्भावित खतरा रहेको र सतर्क रहनुपर्ने बताएको छ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  १२ : ३१ बजे

प्रतिनिधिसभा भोलीसम्मका लागि स्थगित 

काठमाडौं– प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबारसम्मका लागि स्थगित गरिएको

चीन-उत्तर कोरिया सम्बन्धमा नयाँ मोड

एजेन्सी– चीनका राष्ट्रपति सी जिनपिङ सात वर्षपछि पहिलोपटक उत्तर कोरियाको

उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटमा, सामान्य प्याकिङ गर्ने बोरा पनि किन्न सकेन

काठमाडौं– राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक संकटमा

लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद

सिद्धार्थनगर– लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि शान्तिसुरक्षा सुदृढ गर्दै चोरी,

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर– यहाँस्थित स्वीकृति विना अस्थायी-स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक जग्गा