नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता जेठ ३० देखि काठमाडौंमा हुने « Khabarhub

नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता जेठ ३० देखि काठमाडौंमा हुने


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले ९औँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता–२०८३ आगामी जेठ ३० र ३१ गते काठमाडौंमा आयोजना गर्ने भएको छ।

संघका महासचिव सत्य थापाका अनुसार प्रतियोगिता काठमाडौँ महानगरपालिका–हाँडिगाउँस्थित यमबुद्ध स्केटपार्क (पहेंलो पुल) मा बिहान ११ बजेबाट सुरु हुनेछ। प्रतियोगितामा देशभरका खेलाडीहरूको सहभागिता रहनेछ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ का अनुसार यस वर्षको प्रतियोगितामा २५० जना पुरुष र १५० जना महिला खेलाडी सहभागी हुनेछन्। प्रतियोगिता फ्रिस्टाइल विधामा बेस्ट ट्रिक र बेस्ट रनका आधारमा सञ्चालन गरिनेछ।

जेठ ३० गते छनोट चरणका खेलहरू हुनेछन् भने जेठ ३१ गते अन्तिम प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताबाट ‘स्केटबोर्ड अफ द इयर’ समेत घोषणा गरिने जनाइएको छ।

सिनियर पुरुष र महिलातर्फ विजेताले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। जुनियर पुरुष र महिलातर्फ भने क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

संघले स्केटबोर्डिङ खेलप्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै यस प्रतियोगिताले खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रतियोगिता सम्पन्न गर्न खेलकुद तथा शिक्षा मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरूको उपस्थिति रहने पनि आयोजकले जनाएको छ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ४ : ३७ बजे

‘ट्राफिक प्रहरीको उद्देश्य दुर्घटना न्यूनीकरण हो, जरिवाना असुली होइन’

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक विषयमा छलफल हुने

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा

अष्ट्रेलियामा बर्डफ्लुका कारण समुद्री चरा मरे

सिड्नी- दक्षिण अष्ट्रेलियाको तट नजिकै रहेको एक टापुमा ठूलो सङ्ख्यामा

इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता

एजेन्सी– विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोको पुनः

बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौं– काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ