‘ट्राफिक प्रहरीको उद्देश्य दुर्घटना न्यूनीकरण हो, जरिवाना असुली होइन’ « Khabarhub

‘ट्राफिक प्रहरीको उद्देश्य दुर्घटना न्यूनीकरण हो, जरिवाना असुली होइन’


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको मुख्य उद्देश्य राजस्व सङ्कलन वा जरिवाना असुली नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको जीवन सुरक्षित बनाउनु रहेको बताएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, बागमती प्रदेश समितिले ललितपुरको बालकुमारीमा आज आयोजना गरेको सम्मान, पदस्थापना तथा प्रशिक्षणमूलक कार्यक्रममा बोल्दै प्रमुख काफ्लेले सवारी चालकले ट्राफिक नियमको पूर्ण पालना गरे कुनै पनि प्रकारको कारबाही आवश्यक नपर्ने स्पष्ट पारे।

उनले ट्राफिक प्रहरीको नियमित निगरानी, जनचेतनामूलक कार्यक्रम तथा नियमको प्रभावकारी कार्यान्वयनका कारण पछिल्ला महिनामा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाको दर घट्दै गएको जानकारी दिए।

प्रमुख काफ्लेले चालक तथा सर्वसाधारणले अनुशासित भएर ट्राफिक नियमको पालना गरे सडक दुर्घटनालाई अझ प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने उल्लेख गरे।

कार्यक्रममा यातायात व्यवसायी तथा चालकहरूलाई ट्राफिक सचेतना, सुरक्षित सवारी सञ्चालन र ट्राफिक नियम पालनाको महत्वबारे प्रशिक्षण तथा जानकारी प्रदान गरिएको थियो।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ५ : १९ बजे

संसदमा परराष्ट्रमन्त्रीले भने : बाढीपछि उद्धारमा १३ हेलिकप्टर परिचालन गरेका छौँ

काठमाडौं– सरकारले तिब्बतबाट नेपालतर्फ आएको बाढीबाट प्रभावितको खोज तथा उद्धारका

विनाशकारी बाढीपछि केरूङमा चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङ

काठमाडौं- चीनको तिब्बततर्फबाट ल्हेन्दे खोला हुँदै आएको भीषण बाढीपछि चीनले

भारत, चीन र विश्व बैंकले सोधे- ‘कस्तो सहयोग कहाँ पठाऊँ ?’

काठमाडौं– विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग

गत आर्थिक वर्षमा २३ खर्ब बढी भित्रियो रेमिट्यान्स

काठमाडौं– गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा २३ खर्ब बढी

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

काठमाडौं– रसुवामा बुधबार बिहान आएको बाढीपछि टिमुरे र स्याफ्रुबेंसीमा फसेका