अनमोलले ‘धुपौरे’ छाडेका छैनन्: निर्देशक « Khabarhub

अनमोलले ‘धुपौरे’ छाडेका छैनन्: निर्देशक


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यसै हप्ता चलचित्र ‘धुपौरे’ बाट अनमोल केसीले हात झिकेको खबर केही मिडियामा छापियो । फिल्मको स्किृप्टमा चित्त नबुझेपछि अनमोलले यो फिल्मबाट हात झिकेको चर्चा थियो ।

निर्देशक साम्तेन भुटियाले भने अनमोलले फिल्म नछोडेको बताएका छन् । मंगलबार राजधानीमा भेटिएका भुटियाले खबरहबसँग कुराकानी गर्दै अनमोलले ‘धुपौरे’ मा काम नगर्ने खबर निराधार भएको बताए ।

‘यस्ता खबर कहाँबाट चल्छन् भन्ने नै थाहा नहुने रहेछ, मैले पनि बुझ्न सकेको छैन, समाचार आएपछि मलाई फोन आउन शुरु भयो,’ निर्देशक भुटियाले भने, ‘खबर फैलिएपछि मैले अनमोललाई नै सोधेँ, उनी आफै अचम्म मानिरहेका थिए ।’

भुटियाले यो प्रोजेक्ट निर्धारित मितिभन्दा केही पर सरेको भने बताए । ‘प्रोजेक्टका लागि अझै केही कुरा भनेजस्तो नहुँदा हामी केही पछाडि सरेका हौँ, तर अनमोलले यो फिल्म गर्छ,’ उनले भने ।

साम्तेन भुटियालाई राम्रा निर्देशकका रुपमा लिने गरिन्छ भने अनमोललाई पनि स्टारडम भएका अभिनेताका रुपमा लिने गरिन्छ । त्यसैले यो फिल्म अनमोलका अन्य फिल्मको तुलनामा केही फरक हुने धेरैको आँकलन थियो ।

फिल्ममा अनमोलले एक जुवाडे युवकको भूमिका निभाउनेछन् । खबरका अनुसार उनले सोही फिल्मका लागि तास पनि सिकिरहेका छन् ।

एक्सन लभस्टोरी फिल्म भनिएको ‘धुपौरे’ मा जयन श्रेष्ठको निर्माण रहनेछ । फिल्ममा प्रमोद अग्रहरीको समेत अभिनय रहने खबर छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ४ : ५५ बजे

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख