हिरासतमै बित्न लाग्यो दीपक भट्ट र शुलभ अग्रवालको तीन महिना, फेरि थपियो म्याद « Khabarhub

हिरासतमै बित्न लाग्यो दीपक भट्ट र शुलभ अग्रवालको तीन महिना, फेरि थपियो म्याद


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालको हिरासत म्याद थप गरिएको छ।

विशेष अदालतको प्रशासन शाखाका अनुसार दुवै प्रतिवादीको म्याद सोमबार थप गरिएको हो।

भट्टको हकमा आठौँ पटक र अग्रवालको हकमा नवौँ पटक ३–३ दिनका लागि म्याद थप भएको हो। विशेष इजलासमा न्यायाधीश नारायण प्रसाद पौडेल र उमेश कोइरालाको उपस्थितिबाट यो आदेश भएको हो ।

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा उनीहरू लामो समयदेखि प्रहरी हिरासतमा रहेका छन्। व्यवसायी दीपक भट्टलाई चैत १८ गते ललितपुरबाट पक्राउ गरिएको थियो । शुलभ अग्रवाललाई चैत २१ गते पक्राउ गरिएको हो।

अनुसन्धानमा संलग्न निकायका अनुसार दुवै जना सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपमा अनुसन्धानको दायरामा छन्। हाल भट्टलाई प्रहरी वृत्त बौद्ध र अग्रवाललाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।

अनुसन्धानका क्रममा हिमालयन रिइन्स्योरेन्ससँग सम्बन्धित वित्तीय कारोबारसमेत छानबिनको दायरामा आएको छ।

लामो समय हिरासतमा रहँदा शुलभ अग्रवालको स्वास्थ्यमा समस्या देखिएको छ। उनलाई पटक–पटक अस्पताल भर्ना गरिएको छ ।

पछिल्लो पटक उपचारपछि उनलाई पुनः हिरासतमा राखिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ५ : २६ बजे

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,