ट्रम्पले चेतावनी दिँदै नेतन्याहूलाई भने : सावधानी अपनाऊ, नत्र विश्व जगतमा एक्लै पर्छौ « Khabarhub

ट्रम्पले चेतावनी दिँदै नेतन्याहूलाई भने : सावधानी अपनाऊ, नत्र विश्व जगतमा एक्लै पर्छौ


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानविरुद्ध ठूलो सैन्य अभियानबाट बच्न सल्लाह दिएका छन्।

इजरायलले गाजा क्षेत्र, लेबनानदेखि इरानसम्म बम बर्साइरहेका बेला ट्रम्पले यदि इजरायलले द्वन्द्वलाई थप बढाए ऊ अन्तर्राष्ट्रिय रूपमा एक्लो पर्न सक्ने चेतावनी दिएका हुन् ।

इरान र इजरायलबीच बढ्दो तनावका बीच ट्रम्पले नेतन्याहूसँग फोनमा कुराकानी गरेका हुन्। एक्सिओसको रिपोर्ट अनुसार, ट्रम्पले नेतन्याहूलाई भने, ‘बीबी, सावधान रहनु, नत्र धेरै चाँडै तिमी एक्लै पर्नेछौ।’

रिपोर्ट अनुसार, ट्रम्पलाई यदि दुवै देशबीच लडाइँ बढ्यो भने अमेरिका-इरान वार्ता प्रभावित हुन सक्ने चिन्ता छ । यसले मध्यपूर्वको सम्पूर्ण क्षेत्र ठूलो युद्धको चपेटमा पर्न सक्ने कुराले उनलाई पिरोलेको छ।

समाचारअनुसार तनाव त्यतिबेला बढेको थियो जब इजरायलले लेबनानको बेरुतमा हिजबुल्लाहसँग सम्बन्धित लक्ष्यमा हमला गरेको थियो।

यसको जवाफमा इरानले इजरायलमा मिसाइल प्रहार गरेको थियो। पछि इजरायलले पनि इरानभित्रका धेरै लक्ष्यमा कारबाही गरेको थियो।

लेबनानमा अमेरिकी राजदूत मिशेल ईसाले त्यहाँको विषयमा राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच मतभेद उत्पन्न भएको बताएका छन्।

नबीह बेरीसँगको भेटघाटपछि ईसाले अमेरिका अहिलेको द्वन्द्वलाई थप बढ्न नदिने पक्षमा रहेको बताए । उनले हालका हमलाहरू दुवै पक्षबाट दिइएका राजनीतिक सन्देश रहेका पनि बताए ।

ईसाले ट्रम्प हरेक दिन लेबनानको अवस्थाबारे निगरानी गरिरहेका बताएका छन्। उनले लेबनानको मुद्दामा ट्रम्प र नेतन्याहूबीच कडा बहस भएको पनि बताए ।

यद्यपि, उनले यसबारे थप जानकारी दिएनन्। तर उनको भनाइबाट अमेरिका क्षेत्रीय तनाव कम गर्न चाहने पक्षमा रहेको खुलाउँछ । उता इजरायली कारबाहीबारे दुई देशबीच गम्भीर मतभेद छन्।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ११ : १९ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित