करको दरमा गडबडी, राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा « Khabarhub

करको दरमा गडबडी, राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा


२६ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा उल्लिखित करका दरमा आफूखुसी गरिएको संशोधनलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा मागेको छ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै प्रमुख सचेतक खुश्वु ओलीले अर्थमन्त्रीले मार्ग प्रशस्त गर्नु उपयुक्त हुने बताइन्। उनले त्यसो भन्दा मन्त्री वाग्ले संसद्‍मै उपस्थित भएर मुस्कुराइरहेका थिए ।

‘आज अर्थमन्त्रीज्यू आउनुभएको छ, उहाँले यस संसद्‍मा आएर स्पष्टीकरण दिनुहुन्छ होला। तर यो विषय यति गम्भीर भएको छ कि निष्पक्ष र विश्वसनीय छानबिन अपरिहार्य बनिसकेको छ’, उनले भने, ‘त्यसैले छानबिन प्रक्रिया सम्पन्न नहुँदासम्म अर्थमन्त्रीले आफ्नै विवेक प्रयोग गरेर, सुशासन कायम गर्न नैतिकता र निष्पक्षताको दृष्टिकोणले जिम्मेवारीबाट पर रहनुपर्छ जस्तो लाग्छ ।’

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  २ : ५० बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला