‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल « Khabarhub

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

'बजेटमा छेडखानी र अवैध धनको संरक्षण पाखण्ड हो'


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा उदाएका दलहरूले अघि सारेको ‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप भएको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले नयाँ भनिएकाको वास्तविकता एकपछि अर्को गर्दै छताछुल्ल भइरहेको दाबी गर्दै यस्तो बताएका हुन् ।

रास्वपा र सरकारको कार्यशैलीप्रति लक्षित गर्दै पोखरेलले देशविरुद्धका घातलाई सामान्य ठान्ने र राज्यविरुद्धको विध्वंसात्मक अपराधलाई बहादुरी मान्ने प्रवृत्ति बढेको उल्लेख गरे । “स्वार्थमा आधारित सेटिङलाई विधि बनाउने, अर्थविधेयक जस्तो संवेदनशील दस्तावेजमा गैरकानूनी छेडखानी गर्ने र अवैध धनका स्रोतलाई सिस्टमको कमजोरी देखाइदिने खेल भइरहेको छ,” उनीहरूको योग्यतामाथि प्रश्न उठाउँदै पोखरेलले लेखेका छन्, “आफ्ना मानिसलाई जुक्ति लगाएर उन्मुक्ति दिने र अरूलाई जसरी पनि दोषी देखाउन खोज्ने काम भइरहेको छ । यदि यही कुरा नै ‘जान्नेलाई छान्ने’ हो भने यो योग्यता होइन, पाखण्ड हो ।”

महासचिव पोखरेलले वर्तमान गतिविधि सुशासन र तीव्र विकासका बाधक भएको भन्दै यो स्वेच्छाचारिता र पक्षपातको पराकाष्ठा भएको टिप्पणी गरेका हुन् ।

देशमा सुशासन र तीव्र विकासका लागि हिजोका कमीकमजोरी हटाउनु अपरिहार्य भए पनि नयाँका नाममा भइरहेका गलत काम कदापि स्वीकार्य नहुने उनको भनाइ छ । “हिजोका कमजोरी हटाउनु आवश्यक छ, तर त्यसलाई नै विर्साउने कूकार्य नयाँका नाममा कदापि उचित मान्न सकिँदैन,” पोखरेलले भनेका छन् । हालैका बजेट विवाद र राजनीतिक घटनाक्रमप्रति एमाले महासचिवको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  १० : १० बजे

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने