रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’ « Khabarhub

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

चुनावी अंकमाललाई लिएर सामाजिक सञ्जालमा टिप्पणी


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा दुई प्रतिस्पर्धी नेताबीच भएको चुनावी अंकमालको विषयलाई लिएर सामाजिक सञ्जालमा भ्रामक व्याख्या गरिएपछि सम्बन्धित नेताहरूले त्यसको कडा प्रतिवाद गरेका छन् । जिल्ला सभापतिमा विजयी सीता पराजुली र उनका प्रतिस्पर्धी दिनेश सुनार ‘विकल्प’ ले संयुक्त प्रष्टीकरण जारी गर्दै आफूहरूबीच दिदी-भाइको पवित्र सम्बन्ध रहेको प्रष्ट पारेका छन्।

दुई दिनअघि सम्पन्न रास्वपाको जिल्ला अधिवेशनमा पराजुली सभापति निर्वाचित भएपछि सौहार्दपूर्ण वातावरणमा चुनावी परिणामलाई स्वीकार गर्दै पराजुली र सुनारले एकापसमा अंकमाल गरेर बधाई साटासाट गरेका थिए। तर, उक्त दृश्यको फोटो र भिडियोलाई सामाजिक सञ्जालमा गलत अर्थ र भ्रामक व्याख्यासहित उछालेर चरित्रहत्या गर्न खोजिएको भन्दै दुवै नेताले गम्भीर आपत्ति जनाएका हुन् ।

प्रतिस्पर्धी दिनेश सुनारले राजनीतिक प्रतिस्पर्धालाई व्यक्तिगत सम्बन्धसँग जोडेर अनर्गल टिप्पणी गरिनु अराजक र सामाजिक मर्यादाविपरीत भएको बताएका छन् । “सम्बन्धको हिसाबले सीता पराजुली मेरो आदरणीय दिदी हुनुहुन्छ,” सुनारले भनेका छन्, “पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्न हामी निर्वाचनमा सहभागी भएका हौँ । मतपरिणामपछि दिदी-भाइबीच आपसी सम्मान र सद्भावका साथ साटासाट गरिएका तस्बिरलाई लिएर गरिएको उच्छृङ्खल र पाखण्डी टिप्पणी अत्यन्तै निन्दनीय छ ।”

निर्वाचन प्रतिस्पर्धा विचार, नीति र नेतृत्व चयनको माध्यम भएको तर यसले आपसी सम्बन्ध नबिगार्ने उनको भनाइ छ । लोकतन्त्रमा फरक मत र प्रतिस्पर्धा स्वाभाविक भए पनि मानवीय सम्बन्ध, सम्मान र संस्कारमाथि प्रहार गर्ने अधिकार कसैलाई नभएको भन्दै सुनारले सामाजिक सञ्जालमा घृणा फैलाउने यस्ता निम्नस्तरका गतिविधि तत्काल बन्द गर्न आग्रह गरेका छन् । उनले कसैलाई सम्मान गर्न नसके पनि कम्तीमा सभ्यता र मर्यादाको सीमाभित्र रहन सबैलाई सचेत गराएका छन्।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ११ : ०२ बजे

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा