भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा « Khabarhub

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा सुरु गरेका छन् । 

जिल्लामा नौवटा स्थानीय तह रहेका छन् । अधिकांशले पालिकाले प्राविधिक टोली खटाएर विभिन्न वडामा धमाधम नाप नक्सा कार्य सुरु गरेका हुन् । 

शुक्लाफाँटा नगरपालिका प्रमुख रणबहादुर महराले आजदेखि वडास्तरमा पुगेर नापजाँच सुरु गरिएको बताए । नगरपालिकाका नंं ५, १० र ११ मा नाप नक्सा भइरहेको उनले जानकारी दिए । 

‘छवटा वडाको नापजाँच पहिले नै गरिसकेका थियौँ, हाल तीनवटा वडामा काम सुरु गरेका छौँ’, नगरप्रमुख महराले भने, ‘वडा नं ६, ७ र ८ को बर्खा सकिए लगत्तै नापनक्साका लागि टोली फिल्डमा खटिनेछ ।’

करिब १२ हजार सुकुम्वासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेको शुक्लाफाँटा नगरपालिकाले नापजाँचको सबै कार्य सकिएपछि लालपुर्जा वितरणका लागि भूमि आयोगलाई बुझाउने जनाएको छ ।

‘हाल भूमि आयोगको प्राविधिक प्रतिनिधिसहितको टोली फिल्डमा खटिएको छ’, नगरप्रमुख महराले भने, ‘नाप नक्सा सकिएपछि सबै प्रक्रिया पूरा गरेर पुर्जाका लागि आयोगसमक्ष कागजात हस्तान्तरण गरिनेछ ।’

करिब ६० हजार भूमिहीन दलित–सुकुम्वासी र अव्यवस्थित बसोबासी रहेको कञ्चनपुरमा सबै पालिकामा समस्या रहेको जनाइएको छ । 

यसैगरी, यहाँको कृष्णपुर नगरपालिकाले पनि दुई दिनअघिदेखि पालिकाभित्र नाप नक्सा सुरु गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिको वडा नं ५ र ६ मा जग्गा नाप नक्सा कार्य थालिएको सूचना अधिकारी प्रेम बोगटीले जानकारी दिए।

अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि आवश्यक काम छिट्टै सम्पन्न गर्न नाप नक्सा थालिएको उनले बताए । यस पालिकामा १७ हजारभन्दा बढी सुकुम्वासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेका छन् ।

यस्तै, नौ हजार ५०० भन्दा बढी सुकुम्वासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेको बेदकोट नगरपालिकामा प्रायः नापनक्साको काम सम्पन्न भइसकेको नगरप्रमुख भोजराज बोहराले जानकारी दिए । 

‘शुक्लाफाँटा निकुञ्ज विस्थापितको जग्गा किचलो रहेका केही वडामा नापनक्साको काम भएको छैन । बाँकी सबैतिर नाप नक्सा सकिसकेका छौँ’, उनले भने । 

यहाँको लालझाडी गाउँपालिका पनि केही वडाबाहेक सबै ठाउँमा नापनक्साको काम सकिएको छ । 

गाउँपालिकाका अध्यक्ष निर्मल रानाले वडा नं ५ मा पुनः नाप नक्सा गर्नुपर्ने र हाल वडा नं १ मा काम भइरहेको जानकारी दिए । यस पालिकामा चार हजारभन्दा बढी सुकुम्वासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित छन् ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  १ : ५० बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,