मंगलबार पनि सकिएन आलममाथिको थुनछेक बहस « Khabarhub

मंगलबार पनि सकिएन आलममाथिको थुनछेक बहस


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– विस्फोटक पदार्थ (बम) समेत प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको आरोप लागेका कांग्रेस नेता मोहम्म अफताव आलममाथिको थुनछेक बहस अझै लम्बिने भएको छ ।

गत बुधबारदेखि शुरु भएको थुनछेक बहसको छैटौं दिन आलमका पक्षबाट ३ जना कानून व्यवसायीले बहस गरे ।

आलमको पक्षबाट बहस गर्न भनेर २८ जना कानून व्यवसायीहरुले वकालतनामा दर्ता गराएका छन् ।

आलमको तर्फबाट सोमबार र मंगलबार गरी ७ जना कानून व्यवसायीहरुले बहस गरिसकेका छन् ।

जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले मंगलबार पनि बहस नसकिएका कारण बुधबार १० बजे उपस्थित गराउने गरी आलमलाई प्रहरी हिरासतमा फिर्ता पठाइएको बताए ।

वकालतनामा लेखाएका सबै कानून व्यवसायीले बहस गर्ने समय लिए बिहीबारसम्म बहस लम्बिने अदालत स्रोतले जानकारी दियो । वकालतनामा दर्ता गराएकामध्ये अझै पनि करिब २१ जना कानून व्यवसायीहरुले बहस गर्न बाँकी छ ।

आलमको पक्षका वकिलहरुले बहस गरिसकेपछि सरकारी वकिलको तर्फबाट पनि प्रतिबहस हुने छ ।

आलममाथि २७ जेठ २०६४ मा विस्फोटक पदार्थको प्रयोग गरी कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुर गरेको अभियोग लागेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले गत सोमबार आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो । अभियोग पत्रमा आलमसहित १० जनाविरुद्ध आजीवन काराबासको सजाय मागदाबी गरिएको छ भने अर्का एकलाई घटनाको मतियारका रुपमा प्रस्तुत गरी सोहीअनुसारको सजायको मागदाबी गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : ५२ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने