प्रधानमन्त्री बालेन लक्षित रविका दाजुको व्यङ्ग्य: ‘संसद् नजाने भए टेलिभिजनमा बोलाएर र्‍याखर्‍याख्ती पार’ « Khabarhub

प्रधानमन्त्री बालेन लक्षित रविका दाजुको व्यङ्ग्य: ‘संसद् नजाने भए टेलिभिजनमा बोलाएर र्‍याखर्‍याख्ती पार’

'काल्पनिक संवाद' शैलीको झटारो


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका दाजु एवं सञ्चारकर्मी हरिशरण लामिछानेले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र वर्तमान राजनीतिक परिदृश्यमाथि तिखो व्यङ्ग्य प्रहार गरेका छन्। सामाजिक सञ्जालमा ‘आमा-छोरा संवाद भाग-२’ शीर्षक दिँदै उनले प्रतीकात्मक र व्यङ्ग्यात्मक शैलीमा प्रधानमन्त्री शाह, रास्वपा नेतृत्व र समसामयिक राजनीतिमाथि टिप्पणी गरेका हुन्।

लामिछानेले काल्पनिक संवादको सहारा लिँदै प्रधानमन्त्री शाहको कार्यशैली र संसद्प्रतिको दृष्टिकोणमाथि प्रश्न उठाएका हुन्। संवादमा आमाको पात्रमार्फत उनले भनेका छन्, “संसदमै नजाने हो भने ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ भनेर टेलिभिजनमा बोलाएर र्‍याखर्‍याख्ती पार।” उनले प्रधानमन्त्री शाहको कूटनीतिक र राजनीतिक सम्बन्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रकृतिको समेत चर्चा गर्दै कटाक्ष गरेका छन्।

संवादकै क्रममा लामिछानेले रास्वपा सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै कानुनी विवाद, राजनीतिक समीकरण र फरार रहेका जिबी राईको विषयलाई पनि प्रतीकात्मक रूपमा उठाएका छन्। “अब त मुद्दा मामिला मिलाइहालिस, के को पाँच वर्ष? राजनीतिमा दुई तिहाइ, को आफ्नो? को पराई? हन कता छ जिबी राई ?” भन्दै उनले वर्तमान राजनीतिक अवस्थामाथि प्रश्न उठाएका छन्।

आफ्नो उक्त अभिव्यक्ति राजनीतिक रिसइबी नभई असल नियतको आलोचना भएको उनले स्पष्ट पारेका छन्। “माया प्रेमले सम्झाउन नसकेपछि असल नियतले हानेको झटारो हो, चित्त नबुझ्नेले कडा व्यङ्ग्य गर्न सक्नुहुन्छ,” लामिछानेले लेखेका छन्। पछिल्लो समय प्रधानमन्त्री शाह र रास्वपाका नेताहरूबीच सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा वैचारिक द्वन्द्व बढिरहेका बेला लामिछानेको यो टिप्पणी सार्वजनिक भएको हो।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ९ : ११ बजे

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु

कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका