अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल « Khabarhub

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ । अत्यधिक गर्मी र तातो हावाको लहर (लु) का कारण सर्वसाधारणको जनजीवन प्रभावित मात्र भएको छैन, यसले गम्भीर स्वास्थ्य संकट समेत निम्त्याउन थालेको छ। 

यसै विषयमा स्वास्थ्य तथा  खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले संयुक्त रूपमा एक विशेष स्वास्थ्य चेतावनी जारी गर्दै सबैलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन अपिल गरेको छ ।

अत्यधिक गर्मीका कारण शरीरको तापक्रम असामान्य रूपमा बढेर हिट स्ट्रोक वा अन्य गम्भीर स्वास्थ्य समस्या हुन सक्ने भन्दै मन्त्रालयले समयमै सचेतना अपनाउन आग्रह गरेको हो ।

लु लाग्दा देखिने प्रमुख लक्षणहरू

गर्मीका कारण शरीरको तापक्रम सन्तुलनमा नरहँदा निम्नलिखित लक्षणहरू देखिन सक्छन् । यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सकहरूले सुझाएका छन् 

छाला रातो, तातो र सुक्खा हुनु तर पसिना नआउनु 

मुटुको गति तीव्र हुनु र नाडीको चाल बढ्नु

कडा टाउको दुख्नु र चक्कर लाग्नु

वाकवाकी लाग्नु वा बान्ता हुनु

भ्रमित हुनु वा बेहोस हुनु

गर्मी र लु बाट बच्न अपनाउनुपर्ने सावधानीहरू

ज्येष्ठ नागरिक, एक्लै बस्ने व्यक्ति र बालबालिकाहरू गर्मीको जोखिममा बढी पर्ने भएकाले उनीहरूको नियमित हलखबर बुझ्ने र शीतलमा राख्ने व्यवस्था मिलाउनुपर्छ ।

शरीरमा पानीको कमी  हुन नदिन प्यास नलागे पनि नियमित रूपमा सफा पानी र झोलिलो पदार्थ पिउनुपर्छ ।

घरबाहिर निस्कँदा वा बस्दा हलुका, खुकुलो र सुतीको कपडा लगाउनुपर्छ । बाहिर जाँदा छाता, टोपी वा चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

दिउँसोको समयमा झ्याल र पर्दाहरू बन्द गर्ने तथा रातिको समयमा झ्याल खोलेर चिसो हावा आउन दिने गर्नुपर्छ । सम्भव भएसम्म साधारण तापक्रमको पानीले नुहाउनुपर्छ ।

अत्यधिक गर्मी भएको समयमा (विशेष गरी दिउँसो) घाममा कडा परिश्रम वा व्यायाम नगर्ने । खेतीपाती वा अन्य बाहिरी कामकाज बिहान वा बेलुकाको शीतल समयमा मात्र गर्ने योजना बनाउनुपर्छ ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ३ : ५३ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार