सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल « Khabarhub

सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिभा बैठकमा सरकारमाथि उठेका प्रश्नको बचाउमा सभामुख स्वयं उत्रिनु उचित नभएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सभामुखलाई तटस्थ रहन आग्रह गर्दै ‘संसदीय खेलका खेलाडी सांसदहरू नै भएको’ स्मरण गराएका हुन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको आलोचना गर्दा सभामुखले त्यसको प्रतिवाद र सरकारको प्रतिरक्षा गर्ने क्रम बढेको भन्दै एमाले महासचिव पोखरेलले यस्तो आपत्ति प्रकट गरेका हुन् ।

महासचिव पोखरेलले सभामुख सरकारको प्रतिरक्षामा मात्र नभई विपक्षी सांसदहरूसँग प्रत्यक्ष बहसमा समेत उत्रिने गरेको भन्दै असन्तुष्टि जनाएका छन् । संसदीय मर्यादा अनुसार सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुपर्नेमा त्यसो हुन नसकेको उनको बुझाइ छ ।

सभामुखको भूमिकाप्रति लक्षित गर्दै पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, “सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन । संसदीय खेलका खेलाडी सांसदहरू नै हुन् ।”

संसद्‌मा केरकार र बहस गर्ने काम जनप्रतिनिधिहरूको भएको भन्दै उनले रेफ्रीको भूमिकामा रहनुपर्ने सभामुख आफैँ मैदानको खेलाडी जस्तो बन्न नहुने संकेत गरेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ९ : ३७ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका