क्षणमै तिमी करोडपति बन्दछौ अनि दोस्रो क्षणमा दरिद्र ! | Khabarhub Khabarhub

क्षणमै तिमी करोडपति बन्दछौ अनि दोस्रो क्षणमा दरिद्र !


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

धर्म ग्रन्थ अनुसार, कलियुगको आरम्भमा कुरुक्षेत्रको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए ।

हस्तिनापुरका राजा धृतराष्ट्र( जो आँखा देख्दैन थिए) लाई सञ्जयले महाभारत युद्धका क्रममा भएका घटना क्रमको वर्णन गर्ने क्रममा प्राप्त भएको हो । सञ्जयलाई युद्ध भूमिमा नगई त्यहाँका सबै घटना र विवरण देख्नसक्ने दिव्य दृष्टि प्राप्त भएको थियो ।

गीता युद्धको मैदानमा भगवान श्री कृष्णले अर्जुनलाई दिएको दिव्य ज्ञानको रुपमा महाभारतमा व्याख्या गरिएको छ । यसमा १८ अध्याय छन् ।

गीता ऐतिहासिक ग्रन्थ महाभारतको भीष्मपर्व अन्तर्गत दिइएको उपनिषद हो । हिन्दुधर्ममा यसको विषेश महत्व रहिआएको छ । यहाँ हामीले गीताका केही सारहरु उल्लेख गरेका छौं । जुन तपाईंको जिवनमा पनि उपयोगी बन्न सक्छन् ।

– आत्माले न कल्यिै जन्म लिन्छ न कहिल्यै मर्छ नै ।

– तिमी वितेको समयको कदापी पश्चताप नगर, अनि भविष्यको चिन्ता पनि नगर । बस्, वर्तमान राम्रो सँग चलाउ ।

– चिन्ता र डर त्याग : किन व्यर्थ चिन्ता गर्छौ ? को देखि डराउदछौ ? तिमीलाई कसले मार्छ र ?

–तिम्रो के गएको छ र व्यर्थै तिमी रुन्छौ ? तिमीले जन्मदा के लिएर आएका थियौ र अहिले के हरायौ ?

– तपाईं ढुक्क हुनुहोस् जे भयो, त्यो एकदम राम्रो भयो । जे हुँदैछ, त्यो पनि राम्रै हुँदैछ । अनि, जे हुनेछ, त्यो झनै राम्रो हुनेछ ।

– बेकार किन आतिन्छौं ? तिमीले अहिले सम्म के पैदा गरेका थियौ र त्यो नाश भयो ?

– चिन्ता नगर, तिमीले जन्मदा सँगै केही लिएर आएका थिएनौ । जे पायौ, त्यो यहीँबाट पायौ । जति दियौ, त्यो पनि यहीं नै दियौ । खालि हात आएका थियौ, खालि हात नै गयौ, जाँदै छौ । जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो र भोलि अरु कसैको हुनेछ ।

– तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ भने त्यही खुसी नै तिम्रो दुःखको मूल कारण बन्न सक्छ ।

– छाड चिन्ता नगर । अब देखि मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने कुरा नै मनबाट हटाइदेऊ त्यसपछि सबै तिम्रो हुनेछ र तिमी सबैको हुने छौ ।

– एक क्षणमै तिमी करोडपति बन्दछौ, अनि दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ६ : ०७ बजे

बालेन भन्छन्- नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धिमा दाँजेर मूल्याङ्कन गरौँ

काठमाठौं– काठमाडौं महानगरका प्रमुख बालेन्द्र(बालेन) शाहले नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धिमा

स्वास्थ्य उपकरण खरिदमा मन्त्रीको संलग्नता हुँदैन : मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक खरिदमा मन्त्रीको कुनै भूमिका

पाइप फुटेर जलमग्न बबरमहलमा खानेपानी मन्त्री, साँझसम्म ५० प्रतिशत पानी घट्यो

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादव पोखराबाट काठमाडौं आएर बबरमहल क्षेत्र

प्रधानमन्त्रीले भने- शान्ति सुरक्षा बिगार्नेलाई काठमाडौंको नाका कटाउनुपर्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक देशको नाम लिएर मुलुकमा

बागमती प्रदेशको वन ऐन संशोधन गरिने

कमलामाई– बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले प्रदेश र