कुमारी बैंकद्वारा ‘रियल टाइम ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात « Khabarhub

कुमारी बैंकद्वारा ‘रियल टाइम ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात


२९ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेडले आईएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा नेपालको पहिलो ईआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म (रियल टाइम) सार्वजनिक गरेको छ । 

कुमारी बैंकले ग्राहकलाई यस नवीन पहलमार्फत आइएमएसको ईआरपी सफ्टवेयरमार्फत बिनाधितो कर्जा प्रदान गर्नेछ । यसका लागि लामो कागजी प्रक्रिया तथा शाखा धाउने झन्झट हट्ने भएको छ । 

बैंकका अनुसार ईआरपी प्रणालीसँगको प्रत्यक्ष एकीकरणमार्फत बैंकले व्यवसायहरूको बिक्री, कारोबार तथा मौज्दातजस्ता वास्तविक समय डेटाका आधारमा कर्जा योग्यता मूल्याङ्कन गर्न सक्नेछ । यस डेटामा आधारित प्रणालीले छिटो र सटीक निर्णय लिन सहयोग पुर्‍याउँदै परम्परागत धितो आवश्यकताविनै व्यवसायहरूलाई वित्तीय पहुँच उपलब्ध गराउँछ । यसमार्फत ईआरपी प्रयोग गर्ने व्यवसायहरूले आफ्नै कार्यसम्पादनका आधारमा ५ लाखसम्मको चालु पुँजी कर्जा प्राप्त गर्न सक्नेछन् जसलाई १२ महिनासम्मको समान मासिक किस्ता ईएमआईमार्फत भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । 

 
नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका ९ लाखभन्दा बढी साना तथा मझौला उद्यमहरूलाई लक्षित गर्दै ल्याइएको यस पहलले वित्तीय समावेशीकरणलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ ।  

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  १२ : ५६ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने