७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ « Khabarhub

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ


२९ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट पार्टी(विप्लव) समूहका कार्यकर्ता सात वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ‘महान्’ भनिने खिबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

उनीसमेतका व्यक्तिहरूले २०७६ असार ९ गते राति बारेकोट गाउँपालिकाको लिम्सास्थित कार्यालय भवनमा गाउँपालिका अध्यक्षको ढोका अगाडि दुई वटा (पाइप बम र बट्टा बम) राखेको प्रहरीले जनाएको छ ।

यस्तै, सोही वर्ष मंसिरमा नलगाड नगरपालिका–५ स्थित बाटोमा पनि बम विष्फोट गराएको मुद्दा पनि उनीमाथि रहेको प्रहरीले जनाएको छ ।

त्यसयता उनी फरार रहेको जाजरकोट प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसैक्रममा उनलाई शुक्रबार दिउँसो जाजरकोटकै भेरी नगरपालिका–३ बाट पक्राउ गरेर जाजरकोट जिल्ला अदालतमा बुझाइएको प्रहरी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  १० : ४१ बजे

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया