भारतीय वायु सेनाको विमान दुर्घटना  « Khabarhub

भारतीय वायु सेनाको विमान दुर्घटना 


३० जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार भारतको उत्तरपूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूले दुर्घटनापछि तत्काल उद्धार तथा सुरक्षा कार्य सुरु गरिएको जनाएका छन्।

विमान आसामको जोरहाट जिल्लास्थित आइएएफ स्टेशनमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। यो क्षेत्र राजधानी दिसपुरबाट करिब २९८ किलोमिटर उत्तरपूर्वमा पर्छ।

यस क्षेत्रमा कार्गो तथा आपूर्तिका लागि प्रयोग हुने दुई इन्जिन भएको टर्बोप्रप विमान नियमित उडानका क्रममा अवतरण प्रयास गर्दा दुर्घटनाग्रस्त भएको बताइएको छ।

दुर्घटनामा हालसम्म कुनै हताहत भएको विवरण प्राप्त भएको छैन। घटनापछि भारतीय वायु सेना र स्थानीय उद्धार टोलीहरूले आगो नियन्त्रण र उद्धार कार्य गरेका थिए। भारतीय वायुसेनाले दुर्घटनाको कारण तत्काल खुल्न नसकेको बताउँदै छानबिन सुरु गरिएको जनाएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार  ५ : ०५ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली