एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड « Khabarhub

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड एक लाख बजेट विनियोजन गरेको छ । 

हालसालै सार्वजनिक गरेको आगामी आवको लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आगामी आवका लागि निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ५० करोड बजेट विनियोजन गरेको छ । 

ग्वार्को सातदोबाटो एकान्तकुना फ्लाइओभरका लागि १२ करोड ६६ लाख छुट्याएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ ।  त्यसैगरी, सुरुङमार्ग विकास कार्यक्रमका लागि तीन करोड ७७ लाख ८० हजार बजेट छुट्याएको छ । 

मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार बजेट विनियोजन गरेको छ । त्यसैगरी, विभिन्न प्रस्तावित सुरुङमार्गहरुको सम्भाव्यता अध्ययनका लागि एक लाख ९० हजार बजेट छुट्याएको छ । 

त्यसैगरी, सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययनका लागि पाँच लाख ६० हजार बजेट विनियोजन गरेको छ । त्यस्तैगरी, दोलालघाट चर्नावती सुरुङमार्गका लागि १८ लाख ९० हजार विनियोजन गरेको छ । हात्तीसार बबई सुरुङमार्गका लागि सात लाख ५६ हजार छुट्याएको छ । खुर्कोट चियाबारी सुरुङमार्गको अध्ययनका लागि तीन लाख ९२ हजार विनियोजन गरेको छ । 

त्यसैगरी, शिवपुर भालुवङ्ग सुरुङमार्गका लागि तीन लाख ९२ हजार रकम  छुट्याएको छ । रानीघाट भुरीगाउँ सुरुङमार्गका लागि तीन लाख ९२ हजार बजेट छुट्याएको छ । 

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ६ : ५१ बजे

केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता

ग्यिरोङ, चीन- चीनको क्षिजाङ स्वायत्त क्षेत्रमा बुधबार बिहान गएको विनाशकारी

भोटेकोशी बाढीका ७८ घाइते उपचारपछि डिस्चार्ज

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ७८

बाढीको विपद्‍मा मौन बसेको टिप्पणी भएपछि पार्टी कार्यालयमा देखिए रवि, राहत र उद्धारबारे लिए ब्रिफिङ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोटेकोसी

रसुवा बाढी पीडितलाई गायिका समीक्षाको खाद्यान्न सहयोग

काठमाडौं – गायिका समीक्षा अधिकारीले रसुवा बाढी पीडितलाई खाद्यान्न सहयोग

प्रविधिको प्रयोग गर्दै शव खोजीमा नयाँ गोरख गण, ७२ शव निकालियो (तस्बिरहरू)

चितवन– प्रविधिको प्रयोग गर्दै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ