एयरट्रंकले भारतमा डाटा सेन्टरका लागि २१ अर्ब डलर लगानी गर्ने « Khabarhub

एयरट्रंकले भारतमा डाटा सेन्टरका लागि २१ अर्ब डलर लगानी गर्ने


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियाको डाटा सेन्टर कम्पनी एयरट्रंकले भारतको पश्चिमी राज्य महाराष्ट्रमा विशाल डाटा सेन्टर स्थापना गर्नका लागि जग्गा बाँडफाँडसम्बन्धी आशय पत्रमा हस्ताक्षर गरेको छ । यस परियोजनाका लागि कम्पनीले २१ अर्ब ५ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ। महाराष्ट्रका मुख्यमन्त्रीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत यस लगानीको बारेमा जानकारी दिएका हुन्।

अमेरिकी लगानीकर्ता कम्पनी ब्ल्याकस्टोनको लगानी रहेको एयरट्रंकको यो नयाँ डाटा सेन्टर वित्तीय राजधानी मुम्बईको छेउमा अवस्थित रायगड पेन ग्रोथ सेन्टरमा निर्माण हुनेछ । यस डाटा सेन्टरको कुल क्षमता ३ गिगावाट रहने बताइएको छ । एयरट्रंकसँग यसअघि नै हङकङ, जापान, मलेसिया र सिंगापुर जस्ता देशहरूमा डाटा सेन्टरहरू सञ्चालन गरेको अनुभव छ ।

भारत सरकारले स्वदेशी डाटा सेन्टरहरूबाट सेवा दिने विदेशी कम्पनीहरूलाई कर छुटको व्यवस्था गरेपछि विश्वभरका प्रविधि कम्पनीहरू भारततर्फ आकर्षित भइरहेका छन् । यसै वर्ष अमेरिकी प्रविधि क्षेत्रका ठूला कम्पनीहरूबाट मात्रै ६ सय ३० अर्ब डलरभन्दा बढीको लगानी भित्रिने अपेक्षा गरिएको छ ।

विदेशी कम्पनीहरूसँगै भारतका ठूला औद्योगिक घरानाहरूले पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डाटा पूर्वाधारको क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन् । यसै क्रममा गत फेब्रुअरी महिनामा रिलायन्स उद्योगले करिब १ सय १० अर्ब डलर र अडानी समूहले करिब १ सय अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । यसले भारतमा डिजिटल पूर्वाधारको विकासलाई तीव्र गतिमा अघि बढाउने देखिएको छ ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ४ : ४६ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको