पेन्पा छिरिङले लिए दोस्रो कार्यकालका लागि सिक्योङको शपथ « Khabarhub

पेन्पा छिरिङले लिए दोस्रो कार्यकालका लागि सिक्योङको शपथ


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वासित तिब्बती सरकार (केन्द्रीय तिब्बती प्रशासन) को १६ औँ कशाग (मन्त्रिमण्डल) का राजनीतिक नेता (सिक्योङ) पेन्पा छिरिङले आफ्नो दोस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिएका छन् । तिब्बती आध्यात्मिक नेता दलाई लामाको उपस्थितिमा उनले शपथ लिएका हुन् ।

भारतको धर्मशालामा मुख्यालय रहेको केन्द्रीय तिब्बती प्रशासनलाई निर्वासित तिब्बतीहरूको प्रतिनिधित्व गर्ने मुख्य संस्थाका रूपमा हेरिन्छ । केन्द्रीय तिब्बती प्रशासनको आधिकारिक वेबसाइटका अनुसार हालै सम्पन्न तिब्बती आम निर्वाचनको प्रारम्भिक चरणमा पेन्पा छिरिङले कुल मतको ६१.०२५ प्रतिशत मत प्राप्त गरेका थिए ।

निर्वाचन नियमावली र व्यवस्था अनुसार उनले अन्तिम चरणको चुनाव लड्नु परेन र उनी सिधै छैटौँ सिक्योङका रूपमा निर्वाचित भए । आफ्नो पदभार ग्रहण मन्तव्यका क्रममा पेन्पा छिरिङले १७ औँ कशागले धर्मगुरु दलाई लामाको विचार र सल्लाहलाई सधैँ केन्द्रमा राख्ने प्रतिबद्धता दोहोऱ्याए ।

उनले नियम र कानुनमा आधारित रहेर समान न्यायको रक्षा गर्ने र साझा लक्ष्य हासिल गर्न नीतिगत रूपमा सामूहिक प्रयासलाई अगाडि बढाउने बताए । तिब्बत र चीनबीचको द्वन्द्वको न्यायोचित समाधान नभएसम्म तिब्बती आन्दोलनलाई दीर्घकालीन रूपमा टिकाइराख्न राजनीतिक र सामाजिक कल्याणकारी कार्यहरूलाई निरन्तरता दिइने पनि उनले स्पष्ट पारे।

चीनसँगको सम्बन्धका बारेमा बोल्दै उनले अल्पसंख्यक जातिप्रति चिनियाँ सरकारको वर्तमान नीतिका कारण वार्ताका लागि निकै कम ठाउँ बाँकी रहेको टिप्पणी गरे। यद्यपि, दलाई लामाले परिकल्पना गरेको मध्यमार्गी नीति प्रति १७ औँ कशाग दृढ रहेको उनले बताए।

यस नीतिले अहिंसा, वार्ता र आपसी हितका माध्यमबाट चीन-तिब्बत द्वन्द्वको समाधान खोज्ने लक्ष्य राखेको छ। प्रशासनले चिनियाँ सरकारसँग गोप्य माध्यमबाट वार्ताको प्रयास जारी राख्ने र मध्यमार्गी नीतिका लागि अन्तर्राष्ट्रिय मान्यता तथा समर्थनलाई सुदृढ बनाउँदै लैजाने छिरिङले बताए ।

उनले चिनियाँ सरकारले तिब्बती राष्ट्रिय पहिचान मेटाउने उद्देश्यका साथ नीतिहरू लागू गरिरहेको आरोप समेत लगाए । चीनले निर्वासित समुदाय, तिब्बती संस्थाहरू र सहयोगी समूहहरूबीच विभाजन ल्याउन नियोजित रूपमा भ्रामक सूचना र प्रचार फैलाइरहेको भन्दै उनले यस्ता हस्तक्षेपविरुद्ध सबैलाई सतर्क रहन आग्रह गरे ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ४ : ४७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी