पाकिस्तानको बलुचिस्तानमा पत्रकारको हत्या « Khabarhub

पाकिस्तानको बलुचिस्तानमा पत्रकारको हत्या


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको बलुचिस्तान प्रान्तमा स्थानीय पत्रकारको गोली हानी हत्या गरिएको छ। बलुचिस्तानको मुसाखेल क्षेत्रमा गुडिरहेको मोटरसाइकलबाट आएका अज्ञात बन्दुकधारीहरूले चलाएको गोली लागेर पत्रकार लाला इस्राफीलको ज्यान गएको प्रहरीले जनाएको छ।

एक निजी टेलिभिजन च्यानलमा कार्यरत पत्रकार इस्राफील मुसाखेल बजारमा रहेको आफ्नो पसल बाहिर बसिरहेका बेला उनीमाथि आक्रमण भएको थियो । आक्रमणकारीहरूले अन्धाधुन्ध गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला अस्पतालका अधिकारीहरूका अनुसार उनको शरीरमा धेरै वटा गोली लागेका थिए। अस्पतालमा पोस्टमार्टम गरेपछि अधिकारीहरूले शव परिवारलाई बुझाएका छन् र प्रहरीले हत्याको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ।

पत्रकार इस्राफीलको हत्या के कारणले भएको हो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। प्रहरीका अनुसार उनले हालैका दिनहरूमा आफूलाई कुनै प्रकारको धम्की आएको बारे जानकारी दिएका थिएनन्। यसैगरी, यो हत्याको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।

बलुचिस्तान युनियन अफ जर्नलिस्ट्स (बीयूजे) ले यस क्रूर आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। युनियनले यस हत्याले पत्रकारिता क्षेत्रमा गम्भीर चिन्ता र आक्रोश पैदा गरेको जनाएको छ। बीयूजेका अध्यक्ष मन्जुर अहमद रिन्द र महासचिव शाह हुसेन तारिनले एक संयुक्त विज्ञप्ति जारी गर्दै बलुचिस्तानका मुख्यमन्त्री मिर सरफराज बुग्ती र प्रान्तीय गृहमन्त्री मिर जियाउल्लाह लाङ्गोभसँग दोषीहरूलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ६ : ४० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी