अमेरिका-इरान सम्झौताप्रति इजरायलमा असन्तुष्टि, विपक्षीले भने : नेतन्याहू प्रभावहीन र निरीह देखिए « Khabarhub

अमेरिका-इरान सम्झौताप्रति इजरायलमा असन्तुष्टि, विपक्षीले भने : नेतन्याहू प्रभावहीन र निरीह देखिए


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायलको डेमोक्रेट्स पार्टीका प्रमुख याइर गोलानले अमेरिका र इरानबीच भएको प्रारम्भिक शान्ति सम्झौताको आलोचना गरेका छन्।

उनले यसलाई इजरायलका लागि प्रतिकूल भएको बताएका छन्। गोलानले इजरायली वायुसेना र सेनाले हासिल गरेका सैन्य उपलब्धि सम्झौतापछि अर्थहीन बनेको दाबी गरे।

यो सम्झौताका क्रममा प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सम्पूर्ण प्रक्रियामा कमजोर, अलग-थलग र प्रभावहीन देखिएको पनि आरोप लगाए।

नेतन्याहूले इरानविरुद्ध विजयको वाचा गरे पनि अन्ततः इरान झन् बलियो र इजरायल कमजोर अवस्थामा पुगेको टिप्पणी पनि उनले गरे।

हालसम्म इजरायली सरकारले अमेरिका–इरान सम्झौताबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

तर इजरायली अधिकारीहरू सम्झौताका विभिन्न प्रावधानप्रति चिन्तित रहेको बताइएको छ।

अमेरिका र इजरायलले संयुक्त रूपमा सुरू गरेको सैन्य अभियानपछि भएको वार्तामा इजरायललाई सहभागी नगराइएकाले पनि तेल अभिभ असहज रहेको जनाइएको छ।

सम्झौतामा समेटिएका प्रावधानहरूले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा अन्त्य गर्ने, उसको ब्यालिस्टिक मिसाइल क्षमता कमजोर बनाउने, इरान समर्थित समूहहरूको वित्तीय तथा सैन्य सहयोग रोक्ने तथा तेहरानमाथि थप दबाब सिर्जना गर्ने जस्ता अमेरिका–इजरायलका प्रारम्भिक उद्देश्य पूरा नगरेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १२ : ४३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको