अझै निको भएनन् नेयमार, नकआउट चरणसम्म ब्राजिलको टोलीमा फर्किने सम्भावना कमजोर « Khabarhub

अझै निको भएनन् नेयमार, नकआउट चरणसम्म ब्राजिलको टोलीमा फर्किने सम्भावना कमजोर


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- ब्राजिलका स्टार फरवार्ड नेयमारले जारी विश्वकपको नकआउट चरणका खेल खेल्ने सम्भावना कमजोर देखिएको छ। उनी टिममा फर्किने सम्भावना रहँदा समूह चरणका बाँकी खेल गुमाउने समाचार आएका छन् ।

३४ वर्षीय नेयमार अझै पनि ब्राजिलको दोस्रो समूह चरणको खेल हाइटीसँगको भिडन्तअघि प्रशिक्षणमा सामेल भएका छैनन्। उनले एक साताअघि गरेको मेडिकल परीक्षणले पूरा स्वस्थ भइनसकेको देखाएको हो।

चर्चित खेल अनलाइन ईएसपीएनका अनुसार गत मे १७ मा सान्तोसका लागि खेल्दा क्याल्फ चोट बोकेका नेयमारलाई विश्वकप टोलीमा समावेश गरिएको थियो ।

तर पनि उनी त्यसपछि टीमको प्रशिक्षणमा फर्किएका छैनन्। न्युयोर्क रेड बुल्सको प्रशिक्षण केन्द्रमा पनि उनको स्थिति उस्तै रहेको स्रोतहरूले जनाएका छन्।

ग्रेड टु मसल इन्जुरीबाट पीडित नेयमारले दोहोर्‍याएको मेडिकल परीक्षणको नतिजा अझै ब्राजिलियन फुटबल महासंघ (सीबीएफ) ले पुष्टि गरेको छैन।

ब्राजिलियन सञ्चारमाध्यमका अनुसार टोलीको मेडिकल स्टाफले उनलाई पूर्ण फिट भएर नकआउट चरणमा मात्रै फर्काउने आशा गरेको छ। यसले गर्दा उनले हाइटी र स्कटल्याण्डसँगका समूह चरणका खेल गुमाउने छन्।

नेयमार ब्राजिलको पहिलो खेलमा बेन्चमा थिए तर टिम कीटमा थिएनन्। ब्राजिलले शनिबार मोरोक्कोसँग १-१ को बराबरी खेलेको थियो। अब उनीहरूले शुक्रबार हाइटीसँग र समूह चरणको अन्तिम खेल जुन २४ मा स्कटल्याण्डसँग खेल्ने छन्।

प्रशिक्षक कार्लो एन्चेलोटीले नेयमारलाई सकेसम्म चाँडै टोलीमा फर्काउने बताए । ‘नेमार सकेसम्म चाँडो फर्किने प्रयास गरिरहेका छन्। उनी अर्को साता टोलीमा फर्किने हाम्रो अपेक्षा छ’, उनले भने

एन्चेलोटीले उनलाई टोलीमा उत्कृष्ट टेक्निकल क्षमता, अनुभव र युवा खेलाडीहरूलाई दिने उदाहरणका लागि पनि समावेश गरिएको बताए।

नेयमारको चोटले ब्राजिलको समूह चरणको यात्रालाई प्रभावित पार्ने देखिएको छ। टोली भने नकआउट चरणमा पुग्ने लक्ष्यसहित अघि बढिरहेको छ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  २ : ५१ बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि