तीन कक्षामा पढ्ने बालिकालाई दुई वर्षदेखि करणी गर्दै आएका शिक्षक पक्राउ « Khabarhub

तीन कक्षामा पढ्ने बालिकालाई दुई वर्षदेखि करणी गर्दै आएका शिक्षक पक्राउ


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– माडी नगरपालिका–५ स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ ।

घर जाने क्रममा ती छात्रालाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि विकलाई माडीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको थियो ।

उनलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले उनलाई चितवन जिल्ला अदालतमा जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गर्न पाँच दिनको समय माग गरी अनुसन्धान थालिएको बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १२ : ०५ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु