आज २०८३ साल असार ३ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन् २०२६ जुन १६ तारिख। जेठ शुक्ल पक्षको तृतीया तिथि । विश्व खडेरीविरुद्ध संघर्ष दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। मनामा खुशी मिल्नेछ । हरेक काममा क्षमता देखाएर अगाडि बढ्ने अवसर मिल्ने छ । विपक्षी साथी शान्त रहेकाले काम गर्ने अवसर मिल्ने छ। सञ्चित धन खर्च हुनेछ। अनुत्पादित क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृष : शुभ दिन छ । लगानीमा सहकार्य भए फाइदा हुनेछ। व्यापारमा नाफा कमाउने योग छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। बिहान धार्मिक कार्यमा सहभागी भएर भाग्य चम्काउने अवसर मिल्नेछ। साथीको साथ मिल्ने छ ।

मिथुन :दिन सहज छ।  बोलीको प्रभाव रहने छ । बोलीमा नम्रताको खाँचो देखिन्छ। तपाईंको बोलीका कारण साथीभाइ टाढा पुग्ने जोखिम छ। व्यापारमा लगानी गरेको भए नाफा हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

कर्कट : दिन सामान्य छ । बौद्धिक साथीसँगको टकराबले घाटा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। खानपानमा रुची घट्नेछ। शिक्षा क्षेत्रको नतिजाका लागि थप मिहिनेत गर्नुपर्ने छ । आम्दानीका दृष्टिले व्यापारको क्षेत्र सफल देखिन्छ।

सिंह : शुभ दिन छ । आफ्नो काम देखेर मन खुशी हुनेछ। लगानीका क्षेत्र सबल छन्। स्वास्थ्यमा सुधार हुनेछ। आफन्तको विश्वास गर्दा अप्ठेरो पर्ने भएकाले सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ। व्यापारमा नाफा होला ।

कन्या : दिन राम्रो छ। मन अशान्त बन्नेछ। राजनीतिक क्षेत्रमा साथीले घेराबन्दी गर्ने जोखिम छ। हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। साथीभाइसँग सहकार्य भएमा काम बन्नेछ। परीक्षा लेखेको भए नतिजा भने सोचे जस्तै मिल्नेछ ।

तुला : दिन सामान्य छ । बोल्दा तीन पटक सोच्नु उचित हुन्छ । आम्दानी बढ्ने छ । प्रियजनसँगको भेटले मनमा खुसी प्राप्त हुनेछ । कतै रमाइलो घुमफिरको योजना बन्नसक्छ । बौद्धिक क्षेत्रका व्यक्तिसँग झुकाव राख्न सके दिन सहज बन्नेछ। ३र र  व्यवहार सहज बन्ने देखिन्छ ।

वृश्चिक :  आम्दानीका दृष्टिले दिन राम्रो छ। राजनीतिबाट टाढै रहनु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा तपाईंले गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यले साथ दिँदा मनमा खुशी मिल्नेछ। बोल्दा भनेर तीन पटक सोच्नु उचित हुनेछ । मिहिनेतको फल मिल्नेछ ।

धनु  : दिन राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यवहार सहज बन्नेछ। सप्तम भावमा उदयमान चन्द्रमा पुगेकाले मन प्रशन्न बन्नेछ। धार्मिक क्षेत्रको अवलोकन गर्ने अवसर मिल्नेछ। व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

मकर : धन खर्च हुने दिन छ। काम गर्दा सोच्नुपर्ने हुनसक्छ। छलफलमा अरुको कुरा सुनेर मात्र आफ्नो धारणा राख्नु राम्रो हुनेछ। तपाईंले आफ्नो सोचेको मान्छेले विरोध गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।  प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कुम्भ : व्यवहारिक समस्याको समाधान हुने दिन छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रका साथीले सेवाका अवसर प्रदान गर्नेछन्। परिवारमा सल्लाह गरेर गरेको काम सफल बन्नेछ। कम बोल्दा घरभित्र फाइदा होला ।

मीन : स्वास्थयमा समस्या हुने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। राम्रो कुरा बोले पनि साथीले गलत व्याख्या गर्ने जोखिम छ। शिक्षाको क्षेत्रमा धैर्य धारण गर्नुपर्ने हुनेछ। पठनपाठनमा अल्छीपन बढ्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ५ : १५ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित