सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ? « Khabarhub

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको छ । 

बुधबार प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद चन्द्र मोहन यादवले संसदमा सभामुखको भूमिका पक्षपातपूर्ण रहेको बताएका छन् ।

उनले यसअघि सभामुख आवद्ध रहेको पार्टी रास्वपासंगको सम्बन्धको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ? भन्दै प्रश्न गरे। सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलले निरन्तर विरोध गर्दा पनि सभामुखले कुनै चासो नदिएको उनको भनाइ छ ।

उनले जनताको आशा र विश्वासलाई कमजोर बनाउने काम सदनमा भएको उल्लेख गरे । सभामुखले सम्पूर्ण सांसदहरुको अभिभावक बनेर सदनको सम्मान बढाउन सक्नुपर्ने उनले बताए ।

सांसद यादवले सभामुखको भूमिकामाथि प्रश्न उठाएपछि रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति गरेका थिए । 

त्यसपछि सभामुख डोल प्रसाद अर्यालले सांसद यादवले राखेको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै नियमावलीको ख्याल गर्न निर्देशन दिए । 

सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग राख्दै कांग्रेस लगायत विपक्षी दलले निरन्तर सदनमा विरोध गरिरहेको छ । 

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १२ : १८ बजे

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन