ठगी मुद्दामा पक्राउ परेका सेफ साहको दाबी : यो ४ लाख ५० हजारको चेक विवाद मात्र हो  « Khabarhub

ठगी मुद्दामा पक्राउ परेका सेफ साहको दाबी : यो ४ लाख ५० हजारको चेक विवाद मात्र हो 


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिथिला थाली चेन रेस्टुरेन्टका सञ्चालक तथा चर्चित सेफ सन्तोषकुमार साहले आफूविरुद्धको मुद्दा २ करोड २५ लाख रुपैयाँको रेस्टुरेन्ट खरिद विवाद नभई ४ लाख ५० हजार रुपैयाँको चेकसँग सम्बन्धित रहेको बताएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शकुन्तला अधिकारी थापाको जाहेरीका आधारमा उनलाई शुक्रबार जनकपुरबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार गौरीधारास्थित रेस्टुरेन्ट खरिद गर्दा सहमति अनुसारको रकम नतिरेको र केही चेक सटही नभएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

साहले शीला रेस्टुरेन्ट’ खरिदपछि घरबेटी र रेस्टुरेन्टबीचको पुरानो भाडा विवाद तथा बैंक ऋणको जिम्मेवारीसमेत आफूले लिएको दाबी गरेका छन् । 

उनले २५ लाख रुपैयाँको चेकको रकम भुक्तानी गरिसकेको र अहिलेको विवाद ४ लाख ५० हजार रुपैयाँको चेकसँग मात्र सम्बन्धित रहेको बताएका छन् ।

साहले पक्राउ प्रक्रिया, सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र आफूलाई ‘फ्रेम’ गरिएको भन्दै असन्तुष्टि जनाउँदै भिडियो क्लिपलाई लिएर आपत्ति जनाएका छन् ।

उनले करिब तीन घण्टाको छलफलको क्रममा अर्को पक्षले दुर्व्यवहार गरेको र आफूमाथि थुकेको आरोप लगाउँदै आफ्नो आक्रोश देखिएको केही सेकेन्ड मात्र काटेर सार्वजनिक गरिएको दाबी गरे ।

तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ६ : ०० बजे

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर प्रमुखलाई आग्रह

ललितपुर – ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा